कामना सेवा विकास बैंक र सन सेक्युरिटिज बीच फाइभ इन वान सेवाबारे सम्झौता पत्रमा हस्ताक्षर

कामना सेवा विकास बैंक र सन सेक्युरिटिज बीच फाइभ इन वान सेवाबारे सम्झौता पत्रमा हस्ताक्षर

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १८, २०८०

काठमाडौं ।कामना सेवा विकास बैंक र ब्रोकर कम्पनी सन सेक्युरिटिज प्रालि बीच फाइभ इन वान सेवाबारे सम्झौता पत्रमा हस्ताक्षर भएकाे बैंकले जनाएको  छ।

उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी आस्बा र मेरो सेयर एकै सेवामार्फत प्राप्त गर्न सक्नेछन् ।

उक्त सेवामार्फत आफ्ना ग्राहकहरुले सरल रूपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको बैंकले जनाएको छ ।