कामना बैंकका ग्राहकलाई चिल्ली बार एण्ड रेस्टुरेन्ट,हिमालयन ग्लोरी इन र गेस्ट हाउसमा १२ प्रतिशत छुट

कामना बैंकका ग्राहकलाई चिल्ली बार एण्ड रेस्टुरेन्ट,हिमालयन ग्लोरी इन र गेस्ट हाउसमा १२ प्रतिशत छुट

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १८, २०८०

काठमाडौं । कामना सेवा विकास बैंक र चिल्ली बार एण्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउस बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध व्यक्तिहरुले पोखरा–०६, लेकसाइडस्थित चिल्ली बार एण्ड रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरूमा १२ प्रतिशतसम्म र हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसले प्रदान गर्ने सेवा सुविधाहरूमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।