मुक्तिनाथ विकास बैंकका ग्राहकलाई शुक्र हाउस डाएगनोस्टीकसमा १५ प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई शुक्र हाउस डाएगनोस्टीकसमा १५ प्रतिशतसम्म छुट

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १८, २०८०

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्ड वाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको पानी पोखरीमा रहेको 'शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टर' सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको  छ ।

बैंकका अनुसार  व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टर' का विभिन्न सेवाहरुमा विशेष १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपाल भरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।