गैर-आवासीय नेपाली संघ: महासचिवमा सचिव गंगाधर गौतमको उम्मेदवारी दिने घोषणा

गैर-आवासीय नेपाली संघ: महासचिवमा सचिव गंगाधर गौतमको उम्मेदवारी दिने घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १९, २०८०

ब्रसेल्स । गैर-आवासीय नेपाली संघ (एनआरएनए) का महासचिवमा हालका सचिव गंगाधर गौतमले उम्मेदवारी दिने घोषणा गरेका छन ।

हाल संघको केन्द्रीय सचिव रहेका गौतमले विहिबार आफ्नो जन्मदिनको अवसर पारेर अक्टोवर महिनामा हुने ११ औं महाधिवेशनमा महासचिवमा उम्मेदवारी दिने सार्वजनिक गरेका हुन ।

२० वर्ष देखि बेल्जियममा बसोबास गर्दै आएका गौतम एनआरएनए बेल्जियमको उपाध्यक्ष,अध्यक्ष लगाएतका पदमा रहेर काम गर्दै हाल आइसिसि सचिवमा रहेका छन । गौतमले संघको विधान समिति र एकता समितिमा बसेर कुशलता पुर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेका छन । संघको स्थापनाकाल देखि सकृय गौतमले संघको बिभिन्न निकायमा रहेर जिम्मेवारी पुरा गर्दै आएका छन ।

उनी जनसम्पर्क समिति बेल्जियमको पूर्व सभापति समेत हुन । पहिला विद्यार्थी राजनीतिमा समेत गौतम सकृय रहेका थिए ।