ट्रकमा लुकाई ल्याउँदै गरेको प्रतिबन्धित औषधिसहित काभ्रे ज्ञानेन्द्र सापकोटा नियन्त्रणमा

ट्रकमा लुकाई ल्याउँदै गरेको प्रतिबन्धित औषधिसहित काभ्रे ज्ञानेन्द्र सापकोटा नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १९, २०८०

मकवानपुर  । ट्रकको क्याबिनमा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित औषधिसहित मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १५ चुरियामाईस्थित पूर्व पश्चिम
लोकमार्गबाट साउन १८ गते सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

काभ्रे जिल्लाको मन्डन देउपुर नगरपालिका ९ बस्ने अन्दाजी ५० वर्षिय ज्ञानेन्द्र कुमार सापकोटालाई नं. १४ गण मकवानपुरले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

बीरगंज बाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र. ०१–००६ ख २६५६ नम्बरको ट्रकको क्याबिनमा लुकाई छिपाई ल्याउँदै  गरेको १ लाख ३१ हजार ७ सय ६० वटा ट्रमाडोल ट्याब्लेट र १ सय ५० वटा म्याड गुज्रीएको महरिच मल्टि भिटामिन ट्याब्लेट सहित उनलाई नियन्त्रणमा लिईएको हो । उनी ट्रकका चालक रहेका छन् ।

साथै ट्रकमा लोड गरी ल्याउँदै गरेको करीव १४ लाख ४६ हजार रुपैयाँ बराबरको लत्ताकपडा र प्रिन्टिङ्ग पेपरको बिल विजक फेला नपरेपछि उक्त लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिईएको हो ।  नियन्त्रणमा लिइएका सापकोटालाई बरामद औषधीसहित आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग शाखा कार्यालय बीरगंजमा र बरामद लत्ताकपडा, प्रिन्टिङ्ग पेपर र ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।