सानिमा बैंक: आर्थिक वर्ष ०७९/८० काे खुद नाफा २ अर्ब ६१ करोड

सानिमा बैंक: आर्थिक वर्ष ०७९/८० काे खुद नाफा २ अर्ब ६१ करोड

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १९, २०८०

काठमाडौं । सानिमा बैंक लिमिटेडले   आर्थिक वर्ष ०७९/८० को चौथो त्रैमासक सम्ममा २ अर्ब ६१ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको  बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार अघिल्लो वर्ष यस अवधिसम्म २ अर्ब ९ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको बैंकले गत वर्ष २५ प्रतिशतभन्दा बढी यो नाफा गर्न सफल भएको हो । 

सञ्चालन नाफा करिब २८ प्रतिशत बृद्धि गरेको बैंकको इम्पेयरमेन्ट चार्ज भने बढेको छ । अघिल्लो वर्ष २ अर्ब ९५ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले गत वर्ष ३ अर्ब ७८ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । इम्पेयरमेन्ट चार्ज भने अघिल्लो वर्ष ५५ करोड ४३ लाख रूपैयाँभन्दा बढी रहेकोमा गत वर्ष १ अर्ब ५ करोड ६० लाख रूपैयाँभन्दा बढोतरी  भएको  पनि बैंकले जानकारी दिएको हो ।

गत चौथो त्रैमाकससम्म बैंकको वितरण योग्य नाफा २ अर्ब २० करोड रूपैयाँभन्दा बढी रहेको छ । यो नाफा अघिल्लो वर्ष यस अवधिसम्म १ अर्ब २४ करोड ४४ लाख रूपैयाँभन्दा बढी रहेको थियो । अघिल्लो वर्षभन्दा गत वर्ष बैंकको वितरण योग्य नाफा साढे ७७ प्रतिशत बढी भएको हो ।

१० प्रतिशत बोनस शेयर मार्फत पूँजी बढाएर १२ अर्ब ४६ करोड १ लाख १५ हजार रूपैयाँ कायम गरेको बैंकको जगेडा कोष रकम ४ अर्ब ७० करोड ७२ लाख रूपैयाँभन्दा बढी छ । गत वर्ष बैंकले १ खर्ब ७५ अर्ब २७ करोड ४ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको बैंकले १ खर्ब ४५ अर्ब ३९ करोड ८२ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । 

बैंकको निष्क्रिय कर्जा गत चौथो त्रैमासकसम्म १ दशमलव ३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष सो अवधिसम्म निष्क्रिय कर्जा शून्य दशमलव ३३ प्रतिशत थियो ।