सिद्धार्थ बैंक : आर्थिक बर्ष २०७९/८० मा ३ अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन

सिद्धार्थ बैंक : आर्थिक बर्ष २०७९/८० मा ३ अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १९, २०८०

काठमाडौं । सिद्धार्थ बैंकले  आर्थिक बर्ष २०७९/८० मा ३ अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन गरेको बैंकले  जनाएको छ । 

 बैंकका अनुसार  २०७९ असार मसान्तसम्ममा बैंकले २ अर्ब ९० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो, जुन २०८० असार मसान्तमा २९ करोडले बढेर ३ अर्ब १९ करोड रुपैयाँ पुगेको हो ।

बैंकको वितरण योग्य नाफा भने ७९ करोड रुपैयाँ मात्रै छ । १४ अर्ब ८ करोड चुक्ता पुँजी रहेको बैंकले गत आवको वितरण योग्य नाफाबाट लगानीकर्तालाई ५.५६ प्रतिशत मात्रै लाभांश दिन सक्छ ।

बैंकसँग मौजुदा  भने १० अर्ब ५७ करोड रुपैयाँ रहेको छ । बैंकले गत आवको असार मसान्तसम्ममा २ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ८४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । 

बैंकको प्रति सेयर आम्दानी २२।६४ रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको सोही अवधीमा जम्मा २०।६० रुपैयाँ मात्रै थियो । सिद्धार्थको नेटवर्थ १८०.७३ रहेको छ । बैंकको सीडी रेसियो ७७।१६ छ भने स्प्रेड दर ३.९९ प्रतिशतमा सिमित भएको छ । आधार ब्याजदर ९।९१ रहँदा खराब कर्जा २.०१ प्रतिशत छ ।