सानिमा बैंक र फुडमान्डु बीच 'क्यास ब्याक अफर'को सम्झौता पत्रमा हस्ताक्षर

सानिमा बैंक र फुडमान्डु बीच 'क्यास ब्याक अफर'को सम्झौता पत्रमा हस्ताक्षर

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १९, २०८०

काठमाडौं । सानिमा बैंक र फुडमान्डु बीच  'क्यास ब्याक अफर' सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

बैंकका अनुसार सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फुडमान्डुसँग क्यास ब्याक अफरको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले योजना अवधिभर प्रत्येक शनिबार फुडमान्डुमा डिजिटल भुक्तानी गर्दा क्यास ब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्म, सानिमा भिसा डेबिटकार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्म तथा सानिमा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले २० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्मको क्यास ब्याक पाउने कम्पनीले जनाएको । ग्राहकहरुले उक्त भुक्तानी भएको एक हप्ताभित्र क्यास ब्याक प्राप्त गर्नसक्नेछ ।

यो योजना साउन २० गते शनिबारदेखि,  माघ २० गते (याे याेजना ६ महिना) सम्म प्रत्येक शनिबारका लागि लागू हुनेछ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।