नबिल बैंक: आर्थिक बर्ष २०७९/८० मा सर्वाधिक७ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाउन सफल

नबिल बैंक: आर्थिक बर्ष २०७९/८० मा सर्वाधिक७ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाउन सफल

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २१, २०८०

काठमाडौँ। नबिल बैंक आर्थिक बर्ष २०७९।८० मा  सर्वाधिक नाफा कमाउने  (७ अर्ब ५२ करोड रुपैयाँ) नाफा कमाउन सफल भएको बैंकले जनाएको छ । 

बैंकका  अनुसार आर्थिक बर्ष २०७९।८० को चौथो त्रैमासिकमा अपरिस्कृत वित्तिय विवरण अनुसार नबिलले सबै भन्दा धेरै नाफा बढाउने बैंकका सूचिमा पनि आफुलाई उभ्याएको छ । नबिलले गत आवको असार मसान्तसम्ममा ७८.९४ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको हो । २०७९ असार मसान्तसम्ममा ४ अर्ब २५ करोड नाफा आर्जन गरेको बैंकले २०८० असार मसान्तसम्म आइपुग्दा ३ अर्ब २७ करोड रुपैयाँले नाफा वृद्धि गरेको हो ।

नेपाल बंगलादेश बैंकलाई एक्वायर गरेको नबिलले त्यसको भरपुर लाभ उठाउन सफल भएको देखिन्छ । नबिलले गत आवमा वितरण योग्य नाफा नै ३ अर्ब ९६ करोड रुपैयाँ आर्जन गरेको छ, जुन २०७९ असार मसान्तमा २ अर्ब ८९ करोड रुपैयाँ मात्रै थियो । गत आवको वितरण योग्य नाफाबाट बैंकले १४.६४ प्रतिशत लाभांश वितरणको क्षमता राख्दछ ।

२७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २७ अर्ब ७ करोड रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक बर्षमा ३ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरि १७ अर्ब ९८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

नबिलको खराब कर्जा ३।२० प्रतिशत कायम हुँदा सो वापतको लोन लस प्रोभिजनका लागि ३ अर्ब ८८ करोड रुपैयाँ छुट्याएको समेत बैंकले जनाएको  छ ।