हिमालयन बैंक : आर्थिक वर्ष ०७८/ ८० काे नाफा ३ अर्ब २६ करोड

हिमालयन बैंक : आर्थिक वर्ष ०७८/ ८० काे नाफा ३ अर्ब २६ करोड

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २१, २०८०

काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ग ०७८/ ८०  सम्ममा आफ्नो नाफा ३८.१३ प्रतिशतले वृद्धि गरेको बैंकले जनाएको  छ ।

बैंकका अनुसार  २०७९ असार मसान्तसम्ममा जम्मा २ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको बैंकले २०८० असार मसान्तसम्म आई पुग्दा भने आफ्नो नाफा ९० करोड रुपैयाँले वृद्धि गरेर ३ अर्ब २६ करोड रुपैयाँ पुर्याएको हो । यद्यपी बैंकको वितरण योग्य नाफा भने ७१ करोड रुपैयाँले ऋणात्मक रहेको समेत  बैंकले जनाएको  छ ।

सिभिल बैंकलाई गाभेको हिमालयन बैंकले गत आर्थिक बर्षमा २ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब ३० अर्ब ऋण प्रवाह गर्दा ९ अर्ब ९३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । २१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ ।