एभरेष्ट बैंक : आर्थिक बर्ष २०७९/८० मा ३ अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन

एभरेष्ट बैंक : आर्थिक बर्ष २०७९/८० मा ३ अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २१, २०८०

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक बर्ष २०७९/८० मा ३ अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन बैंकले  जनाएको छ ।

बैंकका  अनुसार बैंक गरेको यो नाफा आर्थिक बर्ष २०७८/७९ को असार मसान्तको तुलनामा ३७.२४ प्रतिशत बढोत्तरी भएकाे  हो । २०७९ असार मसान्तसम्ममा बैंकले जम्मा २ अर्ब ४७ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ ।

एभरेष्ट बैंकको वितरण योग्य नाफा ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । १० अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गत आवको नाफा बाटै आफ्ना लगानीकर्ताहरुलाई ४०.५० प्रतिशत लाभांश दिन सक्छ । बैंकका जगेडा कोषमा १० अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

एभरेष्टले गत आर्थिक बर्षमा एक खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरि ७ अर्ब ४४ करोड रुपैयाँ खुद ब्याज आम्दानी रहेकाे समेत बै‌कले जनाएको छ ।