कुमारी बैंक : १ अर्ब ९५ करोड रुपैयाँ नाफा आर्जन

कुमारी बैंक : १ अर्ब ९५ करोड रुपैयाँ नाफा आर्जन

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २१, २०८०

काठमाडौं । कुमारी बैंकले गत आर्थिक बर्षको असार मसान्त अवधी सम्ममा १ अर्ब ९५ करोड रुपैयाँ नाफा आर्जन  बैंकले जनाएको  छ ।

  बैंकका अनुसार नाफा २०७९ असार मसान्तको तुलनामा ३१.७९ प्रतिशतले घटेको छ । गत आवको असार मसान्तसम्ममा बैंकको नाफा २ अर्ब ५७ करोड रुपैयाँ थियो ।

बैंकले ४.७७ प्रतिशत रहेको खराब कर्जाको व्यवस्थापनका लागि ५ अर्ब ७३ करोड रुपैयाँ प्रोभिजन गरेको छ, जसले बैंकको नाफामा उल्लेख्य मात्रामा संकुचन ल्याएको देखिन्छ । आगामी आर्थिक बर्षमा भने रिकभरी मार्फत बैंकले उत्कृष्ठ नतिजा ल्याउन सक्ने बैंकले बताएको छ 

बैंकले निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ उठाएर २ खर्ब ७० अर्ब रुपैयाँ ऋण प्रवाह गरि ११ अर्ब १ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ । चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको बैंकको वितरण योग्य नाफा भने ८४ करोड रुपैयाँ ऋणात्मक रहेको छ । बैंकका जगेडा कोषमा भने ११ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।