एनआईसी एशिया बैंक: आर्थिक बर्ष २०७९/८० मा ४ अर्ब ६५ करोड रुपैयाँ नाफा

एनआईसी एशिया बैंक: आर्थिक बर्ष २०७९/८० मा ४ अर्ब ६५ करोड रुपैयाँ नाफा

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २१, २०८०

काठमाडौँ । एनआईसी एशिया बैंकले आर्थिक बर्ष २०७९/८० मा ४ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको बैंकले जनाएको  छ ।

बैंकका अनुसार  बैंकले आर्थिक बर्ष २०७९/८० मा  १०.४५ प्रतिशतले नाफा बढाएर ४ अर्ब ६५ करोड रुपैयाँ पुर्याएको बैंकले जनाएको  हो । बैंकले २०७९ असार मसान्तसम्ममा जम्मा ४ अर्ब २१ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकले प्रकाशित  वित्तिय विवरण अनुसार वितरण योग्य नाफा ३ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको छ । ११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गत आवको नाफा बाटै लगानीकर्ताहरुलाई ३१।९२ प्रतिशत लाभांश दिने क्षमता कायम गरेको छ । जबकी बैंकको जगेडा कोषमा १४ अर्ब ३८ करोड रुपैयाँ रहेको छ ।

बैंकले गत आवमा ३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी गरि १२ अर्ब ३७ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।