लक्ष्मी सनराइज बैंक :आर्थिक वर्ष २०७९/८० नाफा २ अर्ब २६ करोड

लक्ष्मी सनराइज बैंक :आर्थिक वर्ष २०७९/८० नाफा २ अर्ब २६ करोड

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २१, २०८०

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८० नाफा झण्डै ५० प्रतिशतले वृद्धि  भएको बैंकले जनाएको छ ।

बैंकका अनसार  पछिल्लो मर्जर गर्ने लक्ष्मी सनराइजले गत आर्थिक बर्षको असार मसान्त अवधीमा आफ्नो नाफा ४९.६६ प्रतिशतले वृद्धि गरेर २ अर्ब २६ करोड रुपैयाँ  पुगेको हो ।२०७९ असार मसान्तमा बैंकको नाफा एक अर्ब ५१ करोड रुपैयाँ मात्रै थियो । 

बैंकको वितरण योग्य नाफा एक अर्ब ९३ करोड रुपैयाँ रहको छ । २१ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकका लगानीकर्ताले गत आवको नाफाबाटै ८.९० प्रतिशत लाभांश पाउन सक्छन् । बैंकको जगेडा कोषमा १४ अर्ब रुपैयाँ रहेको छ ।

बैंकले गत आवको असार मसान्तसम्ममा २ खर्ब ९६ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ५३ अर्ब कर्जा प्रवाह गरि ५ अर्ब ५० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले जनाएको छ ।