नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आर्थिक वर्ष २०७९/८० मा  ४ अर्ब २९ करोड रुपैयाँ नाफा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आर्थिक वर्ष २०७९/८० मा  ४ अर्ब २९ करोड रुपैयाँ नाफा

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २१, २०८०

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले  आर्थिक वर्ष २०७९/८० मा  ४ अर्ब २९ करोड रुपैयाँ नाफा गरेको बैंकले जनाएको  छ ।

बैंकका अनुसार  २०८० असार मसान्त अवधीमा अघिल्लो आवको सोही अवधिको तुलनामा १३.१९ प्रतिशतले नाफा वृद्धि गरेर ४ अर्ब २९ करोड रुपैयाँ पुगेको  हो ।

२०७९ असार मसान्तसम्ममा बैंकको त्यस्तो नाफा ३ अर्ब ७९ करोड रुपैयाँ थियो । मेगा बैंकसँग मर्ज भएपछि बैंकले आफ्नो नाफा ४ अर्ब २९ करोड कायम गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगाले गत आर्थिक बर्षमा २ अर्ब ६० करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । बैंकले लोन लस प्रोभिजनका लागि २ अर्ब ४४ करोड रुपैयाँ छुट्याएको  बैंकले जनाएको छ ।