ग्लोबल आइएमई बैंक: आर्थिक वर्ष २०७९/८० मा खुदा नाफा ७ अर्ब २५ करोड

ग्लोबल आइएमई बैंक: आर्थिक वर्ष २०७९/८० मा खुदा नाफा ७ अर्ब २५ करोड

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २१, २०८०

काठमाडौं । ग्लोबल आइएमई बैंकको गत आर्थिक वर्ष २०७९/८० मा खुदा नाफा ७ अर्ब २५ करोड  गरेको बै‌ंकले जनाएको छ ।

बैंकका अनुसार  गत आर्थिक बर्षको असार मसान्तसम्ममा आफ्नो नाफा ४६/४६ प्रतिशतले वृद्धि गरेर ७ अर्ब २५ करोड रुपैयाँ पुगेको हो । ग्लोबल आइएमई बैंकले २०७९ असार मसान्तसम्ममा जम्मा ४ अर्ब ९५ करोड रुपैयाँ नाफा  गरेको थियो ।

ग्लोबल आइएमई बैंकले उपलब्ध गराएकाे विवरण अनुसार वितरण योग्य नाफा २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ, जुन नाफाबाट लगानीकर्ताले ८.२७ प्रतिशत लाभांश पाउन सक्छन् । यद्यपी ३५ अर्ब ७७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १९ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

ग्लोबलले गत आवमा ४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरि १७ अर्ब १८ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

बैंकको प्रति सेयर आम्दानी २०.७७ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १६४.०५ रुपैयाँ रहेको छ । खराब कर्जा ३.०८ प्रतिशत रहेको बैंकले लोन लस प्रोभिजनका लागि २ अर्ब ७१ करोड रुपैयाँ छुट्याएको छ । जबकी अघिल्लो आवको सोही अवधीमा ग्लोबलको खराब कर्जा १.२८ प्रतिशत थियो र लोन लस प्रोभिजनका लागि जम्मा ४६ करोड रुपैयाँ मात्रै राखेको बैंकले जनाएको छ ।