एनएमबि बैंक: आर्थिक बर्ष २०७९/८०मा  मा ३ अर्ब ४१ करोड खुद नाफा

एनएमबि बैंक: आर्थिक बर्ष २०७९/८०मा  मा ३ अर्ब ४१ करोड खुद नाफा

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २१, २०८०

 

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक बर्ष २०७९/८०मा  मा ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले जनाएको  छ ।

बैंकका अनुसार २०८० असार मसान्त अवधीमा अघिल्लो आवको सोही अवधिको तुलनामा ३.६४ प्रतिशतले नाफा वृद्धि गरेर ३ अर्ब ४१ करोड रुपैयाँ पुगेको  हो । २०७९ असार मसान्तमा बैंकको त्यस्तो नाफा जम्मा ३ अर्ब २९ करोड रुपैयाँ थियो ।

बैंकले उपलब्ध गराएको विवरणमा  गत आर्थिक बर्षमा एक अर्ब ५० करोड रुपैयाँ वितरण योग्य नाफा गरेको  छ । चुक्ता पुँजी १८ अर्ब ३८ करोड रुपैयाँ रहेको बैंकले गत आवको वितरण योग्य नाफाबाट लगानीकर्तालाई ८.१६ प्रतिशत लाभांश दिन सक्छ । यद्यपी बैंकको जगेडा कोषमा ८ अर्ब ७४ करोड रुपैयाँ मौजुदा रहेको छ ।

बैंकले गत आवमा २ खर्ब १० अर्ब रुपैयाँ निक्षेप उठाएर एक खर्ब ८९ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा ८ अर्ब ३४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने  प्रति सेयर आम्दानी १८.५७ रुपैयाँ कायम राखेको छ ।