प्रभु बैंक: आर्थिक बर्ष२०७९/८०  मा २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा

प्रभु बैंक: आर्थिक बर्ष२०७९/८०  मा २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २१, २०८०

काठमाडौं । प्रभु बैंकले गत आर्थिक बर्ष२०७९/८०  मा २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले जनाएको  छ ।

बैंकका अनुसार  सेञ्चुरी कमसिर्ययल बैंकलाई अक्वाएर गरेको प्रभु बैंकले  २०८० असार मसान्त अवधीमा आफ्नो नाफा ४८.४२ प्रतिशतले बढाएर २ अर्ब ८२ करोड रुपैयाँ पुगेको हो ।

२०७९ असार मसान्तसम्ममा बैंकको त्यस्तो नाफा एक अर्ब ९० करोड रुपैयाँ थियो । २३ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब २ करोड रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक बर्षमा २ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप उठाएर २ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरि १० अर्ब २५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको प्रति सेयर आम्दानी १२ रुपैयाँ  रहेको छ ।

बैंकको आधार ब्याजदर १०.१६ प्रतिशत रहँदा कस्ट अफ फण्ड ७.८३ रुपैयाँ छ । बैंकको खराब कर्जा ४.१६ प्रतिशत रहँदा स्प्रेड भने ४.८६ प्रतिशत पुगेको छ । प्रभु बैंकको सीडी रेसियो भने ८०।३९ प्रतिशत छ रहेको छ भने सेञ्चुरीले खराब कर्जा बढेपछि लोन लस प्रोभिजनका लागि २ अर्ब ४३ करोड रुपैयाँ छुट्याएको समेत बैंकले जनाएको छ ।