अडानको १८ औं स्थापना दिवस:सटिइभिटिसँग मिलेर अडानले एकाउन्टेन्ट उत्पादनको थालनी

अडानको १८ औं स्थापना दिवस:सटिइभिटिसँग मिलेर अडानले एकाउन्टेन्ट उत्पादनको थालनी

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २१, २०८०

काठमाडौँ । नेपाल अडिटर्स एशोसिएशन (अडान)को  १८ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी सम्पन्न  गरेको  अडानले जनाएको छ ।

देशब्यापी रुपमा साप्ताहिक रुपमा मनाइएको अडान डे मा राज्यको आर्थिक क्षेत्रमा भएका समस्याहरु, लेखा व्यवसायीले झेल्नु परेका बिभिन्न बिषयमा गोष्ठी, अन्तरक्रिया, सामाजिक सहयोग, सहकार्य लगायतका कार्यक्रमहरु आयोजना गरिएका छन् ।  सोही अवसरमा काठमाडौंमा पहिलो दिवा शत्रमा ३ वटा कार्यपत्रहरु प्रस्तुत गरि सेसन संचालन गरिएको छ  भने सांझ अर्थमन्त्रीको प्रमुख आतिथ्यतामा अडान डे कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा झण्डै ६०० को संख्यामा रहेका लेखापरीक्षक एवं लेखापालहरूको ठूलो सहभागिता रहेको थियो ।

पहिलो सेसनमा करका दरमा बारम्बार हुने परिवर्तनले लगानीमा परेको जोखिम (Frequently changes in Tax policies, confusion in Entrepreneur and way forward), साना तथा मझौला निकायमा वित्तीय प्रतिवेदनमान, वर्तमान अवस्था र आगामी कार्य (Implementation of NFRS for SME’s, Present scenario and way forward), र पछिल्लो आर्थिक स्थिति र मौद्रिक नीतिको ब्यवस्था -(Recent developments in the economy and monetary policy) का सेसन हरु संचालन गरेकाे अडानले जनाएको छ । 

नेपाल अडिटर्स एशोसिएशनका प्रथम उपाध्यक्ष एवं प्रचार प्रसार विभाग संयोजक डोल प्रसाद दाहालका अनुसार  अडानका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा संचालित सो सेसनहरु मध्ये करका दरमा बारम्बार हुने परिवर्तनले लगानीमा परेको जोखिम सेसनको अध्यक्षता आन्तरिक राजश्व बिभागका महानिर्देशक  दिर्घराज मैनाली, साना तथा मझौला निकायमा वित्तीय प्रतिवेदनमा , वर्तमान अवस्था र आगामी कार्य सेसनको अध्यक्षता आईक्यानका अध्यक्ष सुजन कुमार काफ्ले र पछिल्लो आर्थिक स्थिति र मौद्रिक नीतिको ब्यवस्था सेसनको अध्यक्षता राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा.श्री पुष्पराज कँडेलले गर्नुभएको थियो । 

करका दरमा बारम्बार हुने परिवर्तनले लगानीमा परेको जोखिम (Frequently changes in Tax policies, confusion in Entrepreneur and way forward) सेसनमा कर बिज्ञशेषमणि दाहाल, साना तथा मझौला निकायमा वित्तीय प्रतिवेदनमान, वर्तमान अवस्था र आगामी कार्य (Implementation of NFRS for SME’s, Present scenario and way forward)  बोर्डका सदस्य अरुण कुमार राउत र लेखा बिशेषज्ञ  प्रविण राज काफ्ले र मौद्रिक नीतिको ब्यवस्था -Recent developments in the economy and monetary policy)   सेसनमा नेपाल राष्ट्र बैंकका निर्देशक डा. राम शरण खरेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्र माथि नेपाल उद्योग बाणिज्य महासंघका कर तथा राजश्व परामर्श समितिका संयोजक   अम्बिका प्रसाद पौडेल, कर बिज्ञ तथा कर्पोरेट लयर  तिलक बिक्रम पाण्डे, कर बिज्ञ श्री शैलेन्द्र उप्रेती, आईक्यान तथा एकाउन्टीङ्ग बोर्डका पूर्ब अध्यक्ष  महेश खनाल, अडानका संस्थापक अध्यक्ष  कमल खेरल, नेपाल उद्योग बाणिज्य महासंघ निर्यात प्रबर्धन समिति  का अध्यक्ष नरेश लाल श्रेष्ठ, CNI राष्ट्रिय परिषद सदस्य छाँया शर्मा, राजनितिक अर्थशास्त्री हरि रोका,  ICAN  का पूर्व अध्यक्ष श्री मदन कृष्ण शर्मा, नेपाल उद्योग परिसंघका सदस्य श्री अनल राज भट्टराई ले टिप्पणी गर्नुभएको थियो । राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति जनतामा जोडिन नसकेकोले आगामी दिनमा नीतिहरु बन्दा बढी ध्यान दिनु पर्ने  बताइएको थियो ।

 अर्थमन्त्री डा. प्रकाशशरण महतले  लेखापरीक्षकहरूको काम भनेको पारदर्शिताको लागि हो । हिसाबकिताब चुस्त दुरुस्त राख्न एकाउन्टेन्टहरूको महत्वपूर्ण भूमिका भएजस्तै  हिसाब जाँच गर्न अडिटरहरुको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । सामान्य हिसाब किताब राख्न समेत नसक्नेहरूलाई मध्यनजर गरि सिटिइभिटिसँग मिलेर अडानले काम गर्न थालेकोमा खुसी ब्यक्त गर्दै सरकारबाट भरपूर सहयोग हुने बताउनु भयो । साथै देशमा केहि सम्भावना छैन् भन्ने नकारात्मक भावना हटाई हामीसंग भएका अवसरहरूलाई उपयोग गरि सकारात्मक भावना बढाउन सबैमा आवाहन गर्नु भयो ।

अडानका अध्यक्ष केदारनाथ पौडेलले वर्तमान अवस्थामा अडिटरहरुले भोगिरहेका जल्दा बल्दा समस्या, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नयाँ बन्ने ऐनमा प्रादेशिक संरचना सहित रजिस्टर्ड अडिटर्सका सम्बन्धमा स्पष्ट समान बिभेद रहित व्यवस्था हुनुपर्ने लगायतका मुद्धा समाधानका लागि सरकारसँग माग गर्नु भयो । साथै सबै सदस्यहरुको हकहित र चुनौतिका सम्बन्धमा संस्था प्रतिबद्ध रहेको, प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (सिटिईभिटि)सँग नेपाल अडिटर्स एशोसिएसन अडानलाई प्रोफेशनल एकाउन्टेन्टको छोटो अवधिको तालिम कार्यक्रम संचालन गर्न स्वीकृती प्राप्त भएको जानकारी समेत गराउँदै नियमानुसार प्रक्रियागत रुपमा तालिम संचालन गरि राष्ट्रलाई महत्वपुर्ण योगदान गर्न क्रियाशिल रहेको जानकारी गराउनुभयो ।

१८ औं अडान डे को अवसरमा माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा कार्यबाहक महालेखापरीक्षक महेश्वर काफ्ले, आईक्यानका अध्यक्ष  सुजन कुमार काफ्ले,  नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्षहरु  सुर कृष्ण बैद्य र  हेम राज ढकाल, एक्यानका अध्यक्ष  दिपक पाण्डे, लगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा अडिटिङ स्टाण्डर्ड बोर्डका अध्यक्ष अनुप कुमार श्रेष्ठ, अडानका निवर्तमान अध्यक्ष  मोहनराज रेग्मी, संस्थापक अध्यक्ष  कमल खरेल, नेपाल चेम्बर अफ कमर्सका टिकाराम शर्मा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता अडानका अध्यक्ष केदारनाथ पौडेल, सञ्चालन महासचिव प्रेम बहादुर श्रेष्ठ र धन्यवाद ज्ञापन अठारौं अडान डे तयारी समितिका संयोजक एवं वरिष्ठ उपाध्यक्ष  बद्री प्रसाद भट्टराईले गर्नु भएको थियो । साथै आईक्यानको नवौं परिषदबाट निर्वाचित अध्यक्ष  अध्यक्ष सुजन कुमार काफ्ले र उपाध्यक्ष प्रविण कुमार झा लाई बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो । 

आईक्यान अध्यक्ष श्री सुजन कुमार काफ्लेले अडानसँग सहकार्य गरेर अडिटर्सका समस्याहरु समाधान गर्न लागि पर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले एनएफआरएस फर एसएमईज लागु गराउन निःशुल्क श्रोत ब्यक्ति उपलब्ध गराउन समेत तयार रहेको बताउनु भयो । सो कार्यक्रममा जीवन विज्ञानका एल.पी. भानु शर्माद्वारा Motivational Speech  दिई सहभागीहरुलाई हौसला प्रदान गर्नु भएको थियो ।  

अन्त्यमा 'अडान डे' को अवसरमा १९ गते उपत्यकामा पदयात्रा कार्यक्रम गरिएको थियो ।  उपत्यका समन्वय समितिले आयोजना गरेको रक्तदानमा झण्डै ७० जनाले रक्तदान गरेका थिए । आजै मुलुकभरका जिल्ला तथा प्रदेश समितिहरुले अन्तरक्रिया, सेमिनार, गोष्ठी, रचनात्मक सामाजिक उत्तरदायित्त्वका क्रियाकलाप रक्तदान, जेष्ठ नागरिकहरुलाई खाना खुवाउने, दीप प्रज्वलन, असहायहरूलाई कपडा बितरण, फलफुल, स्टेशनरी बितरण गर्दै अडानको १८ औं स्थापना दिवस सम्पन्न  गरिएकाे समेत अडानले जनाएको छ ।