शिखर इन्स्योरेन्स कम्पनी : संचालक समितिको अध्यक्षमा गौरव अग्रवाल

शिखर इन्स्योरेन्स कम्पनी : संचालक समितिको अध्यक्षमा गौरव अग्रवाल

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २१, २०८०

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको संचालक समितिको अध्यक्ष एवं संचालक पदमा गौरव अग्रवाल साउन १९ गतेदेखि नै लागु हुने गरी नियुक्त दिएको कम्पनीले जनाएको छ । 

 आइतबार कम्पनीले नेप्सेमार्फत पत्र नै लेखेर  जानकारी गराउँदै सो पदमा अग्रवाललाई नियुक्त गरेको जनाकारी  दिएकाे हो ।

साउन २० गते बसेको संचालक समितिको ३०५औं बैठकले आगामी वार्षिक साधारण सभा सम्मको लागि कम्पनीको संचालक समितिको अध्यक्ष एवं संचालक पदमा अग्रवाललाई नियुक्त गरेको छ ।

कम्पनीको साउन १९ गते बसेको संचालक समितिको ३०४औं बैठकबाट कम्पनीको संचालक समितिको अध्यक्ष एवं संचालक राजेन्द्र प्रसाद श्रेष्ठले साउन १९ गतेदेखि नै लागु हुने गरी दिएको राजिनामा स्विकृत भएपछि सो पदमा अग्रवललाई नियुक्त गरेको हो ।