शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवालले नेपाल बिमा प्राधिकरण समक्ष लिए शपथ

शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवालले नेपाल बिमा प्राधिकरण समक्ष लिए शपथ

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २१, २०८०

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष गौरव अग्रवाललाई नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइतबार शपथ गराउनु भएकाे छ । 

शिखर इन्स्योरेन्स कम्पनीले दिएको जानकारी अनुसार  नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज अध्यक्ष अग्रवाललाई शपथ गराएका हुन् ।

नव नियुक्त अध्यक्ष अग्रवालले आइतबार ललितपुरको कुपन्डोलस्थित बिमा प्राधिकरणको केन्द्रीय कार्यालयमै  शपथ गराइएको हो  ।


उक्त अवसरमा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेको पनि उपस्थित शिखर इन्स्योरेन्स कम्पनीले जनाएको छ ।