रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ९६ लाख कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ९६ लाख कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २३, २०८०

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ निष्काशन तथा बिक्री खुला  गरेको कम्पनीले जनाएको  छ ।

कम्पनीका अनुसार आज साउन २३ गतेदेखि सर्वसाधारणका लागि ९६ लाख कित्ता आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा सेयर निष्काशन गरेको हो। निष्काशन ले सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम  ५ हजार ४०० कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरूबाट आवेदन दिन सक्नेछन्।  आईपीओको निष्काशन बन्द छिटोमा साउन २६ गते र ढिलोमा भदौ ५ गते बैंकिङ समयपछि हुनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

कम्पनीले असार २७ देखि साउन १० गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १२ लाख कित्ता सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।