रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ खुलेको पहिलो दिन ३ लाख ६२ हजारबढीको आवेदन

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ खुलेको पहिलो दिन ३ लाख ६२ हजारबढीको आवेदन

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २४, २०८०

काठमाडौं ।रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको पहिलो दिन ३ लाख ६२ हजार ७९१ आवेदक द्वारा ४४ लाख ५१ हजार ७१० कित्ता शेयरका लागि १ अर्ब १४ करोड ४० लाख ८९ हजार ४७० रुपैयाँको आवेदन परेकाे कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल  जनाएकाे छ ।

कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रति शेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गरेको हो । हाल कम्पनीको जारी पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । सो पुँजीको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर आईपीओ निष्काशन गर्न लागेको हो ।

जसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि खुल्ला गरेको आईपीओ बाँडफाँड गरिसकेको छ ।