नेशनल लाइफ इन्स्योरेन्सको ४ दिने सम्मेलनमा डा. योगी विकासानन्द

नेशनल लाइफ इन्स्योरेन्सको ४ दिने सम्मेलनमा डा. योगी विकासानन्द

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २४, २०८०

काठमाडौं ।  नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘शिफ्टिङ द पाराडाइम २०८०/८१’ भन्ने नाराका साथ ४ दिने वार्षिक सम्मेलन पोखरा सम्पन्न गरेको कम्पनीले जनाएको  छ ।

कम्पनीका अनुसाु पोखरा स्थित होटल बाराहीमा सम्पन्न सम्मेलनमा  आ.व. २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरूलाई सम्मान तथा पुरस्कृत गर्दै कम्पनीको व्यवसायसँग सम्वन्धित वर्तमान पाटो बारे विवेचना गरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

२०८० श्रावण १८ गते देखी २१ गते सम्म सम्पन्न गरिएको उक्त सम्मेलनमा विभागीय प्रमुख तथा देशभरबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

सम्मेलनको समुद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जीवन बीमा व्यवसाय दिन–प्रतिदिन प्रतिस्पर्धात्मक र जटिल हुँदै गइरहेको परिप्रेक्षमा आफ्नो कार्य दक्षता र मेहनतका साथ व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व कम्पनी माथि आएको बताए । यस सम्वन्धमा आपसी समन्वय गरी तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पुर्‍याउन आवश्यक रणनीति र कार्यक्रम तय गर्ने बारे सो सम्मेलनमा विचार विमर्श भएको थियो ।

सहभागि कर्मचारीहरुलाई नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पंडितले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

यसैगरी, नेपाल का चर्चित क्रान्तिकारीका संस्थापक डा. योगी विकासानन्दले सहभागि कर्मचारीहरुलाई तनाव मुक्त भई कार्य गरेमा आफ्नो कार्य दक्षतामा वृद्धि हुने भएकोले आफ्नो मन मष्तिष्कलाई सन्तुलन राखी सो बाट प्राप्त हुने सकरात्मक उर्जाले तनाव व्यवस्थापन गर्न सकिने विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

आ.व. २०७९/८० मा शाखा संचालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालय तथा उत्कृष्ट व्यवसाय गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीबाट सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।