ग्लोबल आईएमई बैंक: भ्वाइस मेसेजद्वारा भुक्तानी पुष्टि हुने सुविधा सुरु

ग्लोबल आईएमई बैंक: भ्वाइस मेसेजद्वारा भुक्तानी पुष्टि हुने सुविधा सुरु

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २५, २०८०

काठमाडौं । ग्लोबल आईएमई बैंकको स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्युआर कोड मार्फत गरिने भुक्तानी पुष्टि हुने सुविधा सुरु गरेको ग्लोबल आईएमई बैंकल जनाएको छ । 

ग्लोबल आईएमई बैंकका अनुसार  बैंकले क्युआर कोड मार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्ले सहितको सेवा ल्याएको हो ।

यो योजनासँगै ग्लोबल आईएमई बैंकका ग्राहकहरूले क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानीको पुष्टीकरण एलईडी बोर्डमा रहेको साउन्ड बक्सले भुक्तानी पुष्टि गर्ने भ्वाइस मेसेज समेत दिनेछ । यसले ग्राहक र व्यापारीका लागि सम्पूर्ण प्रक्रियालाई सुविधा उपलब्ध हुने ग्लोबल आईएमई बैंकले विश्वास व्यक्त गरेको छ । 

यसबाट मर्चेन्ट/ व्यापारी तथा ग्राहकहरूलाई मोबाइल फोनमा भुक्तानी प्राप्त भएको मेसेजका निमित्त कुर्नुपर्ने समयको पनि बचत हुने तथा व्यापारीलाई भुक्तानी आवेदनको पुष्टीकरण निर्भरता समेत घटाउने बैंकको भनाइ छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३  सय ५९ शाखा कार्यालय, ३ सय ६७ एटिएम, ३ सय २२ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहक माझ सेवा प्रदान गरिरहेको ग्लोबल आईएमई बैंकले जानकारी दिएको छ ।