सूर्याज्योति लाइफ इन्स्योरेन्स: जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै

सूर्याज्योति लाइफ इन्स्योरेन्स: जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २५, २०८०

काठमाडौं । सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने  कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार  जीवन बीमा अभिकर्ताको आधारभुत तालिम लिई इजाजतपत्र प्राप्त गरी स्वरोजगार हुन ईच्छुक लागि तालिम संचालन गर्न लागिएको कम्पनीले जनाएको छ ।

न्यूनतम एसएलसी वा एसईई तथा सो भन्दा माथिको शैक्षिक योग्यता भएका नेपाली नागरिकहरुले देशभरका सूर्याज्योति लाइफका शाखाहरुमा आर्थिक वर्ष २०८०र८१ को विभिन्न मितिहरूमा हुने तीन दिने जीवन बीमा अभिकर्ता आधारभूत तालिममा सहभागी हुन कम्पनीले आग्रह गरेको हो ।

तालिम लिन ईच्छुक व्यक्तिहरुले नेपाल बीमा प्राधिकरणले तोकिएको आवश्यक कागजातहरु सहित कम्पनीको नजिकको सूर्याज्योति लाइफ इन्स्योरेन्सको शाखा कार्यालयमा सम्पर्क गर्न कम्पनीले भनेको छ ।