संस्थापक शेयर विक्रीमा ल्यायो सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले

संस्थापक शेयर विक्रीमा ल्यायो   सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २५, २०८०

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर विक्रीमा ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार  कम्पनीको १ लाख ३० हजार ४७९ कित्ता संस्थापक शेयर बिक्री गर्न निवेदन पेश हुन आएकाले कम्पनीले उक्त शेयर विक्रीमा ल्याएको हो ।

शेयरको मुल्य ४ सय रुपैयाँ तोकिएको छ । उक्त शेयर खरिद गर्न इच्छुक यस संस्थाका हाल कायम संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

कम्पनीले उल्लेख गरेको समयभित्र खरिद गर्न कुनै संस्थापकहरुबाट प्रस्ताव प्राप्त नभएमा प्रचलित कानुन बमोजिम संस्थापक बाहेक अन्य व्यक्ति संस्थाहरुलाई समेत विक्री प्रक्रिया अगाडी बढाउने जनाएको छ ।