लोकसंवाद संवाददाता | लोकरञ्जन | साउन २६, २०८०
काठमाडौँ । गीतकार डी पी दाहाल परिश्रमीको रचनामा सन्तोष श्रेष्ठको संगीतमा गायिका अन्जु पन्त ले स्वर दिएको 'आमा तिमी छोडेर गैगयौ' बोलको मन छुने गीत बजारमा आएको छ । रिता सिम्खडा दाहालको प्रस्तुती रहेको सो गीतको म्युजिक भिडियोलाई अहिलेका चिर परिचत निर्देशक निकेश खड्काले निर्देशन गर्नु भएको छ ।
एक दिन सबैले आफ्नो आमासँग बिछोड हुनु पर्दाको कारुणिक दृश्य गीतमा हेर्न पाईन्छ । यो पिडा नभोग्ने सायदै कोही होला, आमा प्रतिको सम्मानलाई गीतले बोलेको छ । ।
अहिले की लोकप्रिय कलाकार स्मारिका ढकालको दमदार अभिनय रहेको सो गीतको मिक्सीङ्ख मास्टरिङ्ख किशोर थापा,छायांकन उत्तम हुमागाई, सम्पादन बिकास धमलाको रहेको छ । DP Dahal Yutube Channel रिलिज भएको भिडियो हेरेर सल्लाह सुझाव दिनका लागि गीतकार परिश्रमीले सबैसँग अनुरोध गरेका छन् ।
'आमा तिमी छोडेर गैगयौ' बोलको गीत यहाँ क्लिक गरेर सुन्न सकिन्छ ।