टेकनारायण संग्रौला | साहित्य | श्रावण २७, २०८०
मृत्यु शाश्वत सत्य हो । यो विधानलाई जान्दा जान्दै र बुझ्दा बुझ्दै मान्छे आफ्नो प्रिय जनको निधनबाट भावविह्वल हुन्छ । त्यो अकाट्य सत्यलाई एकछिन बिर्सिन पुग्छ।मानवीय समवेदना या स्वभाव भनौं यो चरित्र सबैमा हुन्छ।
वालक काल मै बुबा गुमाएका कारणले बुबासँगका अन्तरंग सम्बन्धका सम्झनाहरू साह्रै थोरै छन् ।घटनाको गहिराई सम्म पुग्न नसक्ने बाल मष्तिष्कले ठूलो पीडाबोध गर्न सकेन छ क्यार ! तर उमेरको परिपक्वतासँगै बुबासँगको छोटो संगति पनि बेला बेला मन चस्काउन काफी हुँदोरहेछ।
पृय जनको निधनले उत्पन्न गराएको वेदनाले परिवारका कुनै सज्जन यति विभोर हुन्छ कि त्यो वेदना सृजनामा परिणत भई काव्यको जन्म हुन पुग्दोरहेछ।
हाम्रो परिवारकै ज्येष्ठ पात्र हामी सबैका अविभावक मेरा परम श्रद्धेय जेठो मामा स्वः प्रतिमान उप्रेतीको निधन बाट मर्माहत भई वहाँका काहिँला छोरा आदरणीय दाजु वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले बुबाको निधनबाट उत्पन्न पीडालाई शब्दमा उतार्दा उतार्दै एक काव्यको नै श्रृष्टी भएछ।
सुरुवातका दुई चार श्लोकहरू त मैले पनि सुन्न भ्याएको थिएँ दाजुले लेखेर सुनाउँदा तर ती हरफहरू तन्किँदै गएर काव्यको रूप धारण गर्छ भन्ने मेरो सोचमा थिएन। चौबीस अध्यायमा विभक्त ' बुबा' शोककाव्य पढ्दा लाग्छ यो साँच्चै हृदयबाट उदाएको शोककाव्य हो ।
काव्य पढेपछि लाग्छ स्वर्गवासी मामाको सर्वाङ्गीण व्यक्तित्व आँखा अगाडि उभिएको आभास हुन्छ । सरल जति अप्ठ्यारो केही हुदैन,नरम हुन जति गाह्रो केही हुदैन तर काव्य यति नरम अनि मुलायम छ कि चुमौंचुमौंलाग्ने , छामौंछामौं लाग्ने र छातीमा टांसौंटांसौंलाग्ने। काव्य सादगी भएकोले पवित्र पनि छ।अतिशयोक्ति अलङ्कारको छनक कतै भेटिँदैन।
अन्तरमनबाट पोखिएर छताछुल्ल भएका शब्दहरूको संगालो हो यो शोककाव्य । न कुनै हतार छ न विस्राम,न कोलाहल न चिच्याहट, न त शब्दहरूको कठीन जादुगरीले काल्पनिक संसारमा विचरण गराउन खोज्ने कृत्रिम शब्दावली नै छन् , छ त केवल बगेको महसुस नहुने गहिरो नदी जस्तो शान्त !
जहाँ सच्चाइ छ र यथार्थ छ। काव्य पढेपछि लाग्छ स्वर्गवासी मामाको सर्वाङ्गीण व्यक्तित्व आँखा अगाडि उभिएको आभास हुन्छ । सरल जति अप्ठ्यारो केही हुदैन,नरम हुन जति गाह्रो केही हुदैन तर काव्य यति नरम अनि मुलायम छ कि चुमौंचुमौंलाग्ने , छामौंछामौं लाग्ने र छातीमा टांसौंटांसौंलाग्ने। काव्य सादगी भएकोले पवित्र पनि छ।अतिशयोक्ति अलङ्कारको छनक कतै भेटिँदैन।
एउटा वाद्यवादन हुन्छ ।जसले सितारका कैयन तारहरूलाई बजाइँदैन या रेटिँदैन।मूल तारमा जब औला चल्न थाल्छन् ती तारहरू खुदै झङ्कृत हुन्छन् । तिनमा आफैँ ध्वनि उत्सर्जन हुन्छ । हाम्रा मनका झङ्कृत हुन नसकेका तारहरूलाई काब्यले झङ्कृत बनाई दिएको छ। देखेर पनि विस्मृत भएका
कैयन घटनाहरूलाई स्मृतिमा ल्याउने बुबा शोककाव्य लाई कोटीकोटी नमस्कार साथै रचनाकार समादरणीय दाजु हरिप्रसाद उप्रेतीलाई मुरी मुरी बधाई तथा शुभकामना !!