पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल अकस्मात् युरोप भ्रमण छोट्याएर नेपाल फिर्ता

पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल अकस्मात् युरोप भ्रमण छोट्याएर नेपाल फिर्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २७, २०८०

युरोप । पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अकस्मात् युरोप भ्रमण छोट्याएर नेपाल फर्केका  छन् ।

 प्रवासी नेपाली एकता मञ्चका प्रचार विभाग प्रमुख शेरबहादुर परियारका अनुसार नेपाल जानु पर्ने भएको भन्दै स्पेनबाट कतार एयरलाइन्सबाट नेपाल फर्कन लागेका हुन । टर्किस एयरलाइन्सका टिकट रद्द गरी कतार एयरलाइन्सबाट नेपाल फर्केका हुन । 

पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष  नेपाल अगष्ट १५ अर्थात् २०८० साउन ३० गते  युकेमा रहेका नेपाली समुदायको साधरण सभालाई सम्बोधन  र पत्रकार सम्मेलनको आयोजना गर्नुका साथै काउन्सिल हरुको  उपलब्धि माथि सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । 

अध्यक्ष  नेपालकाे सबै कार्यक्रम स्थगित  गरिएको जानकारी  आयोजकले दिएका छन् ।