पेशागत महासंघ नेपाल: अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा र्‍याली तथा 'कोनेप' बुलेटिनको विमोचन

पेशागत महासंघ नेपाल: अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा र्‍याली तथा 'कोनेप' बुलेटिनको विमोचन

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २७, २०८०

काठमाडौँ । २०८० साउन २७ अर्थात्  अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पेशागत महासंघ नेपाल युवा राष्ट्रिय समितिको आयोजनामा युवा र्‍याली तथा शुभकामना आदानप्रदान तथा युवा विशेषाङ्क  'कोनेप'  बुलेटिन विमोचन  र पेशागत स्वयंसेवक कमिटी गठन गरि अन्तर्राष्ट्रिय युवा दिवसको आयोजना गरिएको  महासंघले जनाएको छ । 

पेशागत महासंघ नेपाल महासचिव राजन रेग्मीका अनुसार युवा र्‍याली रत्नपार्क-जमल- तीनधारा पाठशाला हुदै कमलादीस्थित प्रज्ञा भवन सम्म पुगेर औपचारिक कार्यक्रममा परिणत भयो। र्‍याली  श्रमिक कर्मचारीको रोजगारीको स्थायित्व प्रदान गर ! सामाजिक सुरक्षाका सुविधाको प्रत्याभूति गर!  उत्पादन र रोजगारीबृद्विहुने क्षेत्रमा लगानी विस्तार गर! अनियमितता र भ्रष्टाचार गर्नेलाई कारबाही गर! श्रमिक मैत्री श्रम कानुन लागू गर ! भन्दै युवाहरुले नारा लगाएका थिए । 

कमलादीमा पेशागत महासंघ नेपालका अध्यक्ष तथा विश्व ट्रेड युनियन  महासंघ (डब्लूएफटियू) का प्रेसिडेन्सियल काउन्सिल सदस्य  प्रेमलकुमार खनालको अध्यक्षतामा  भएको शुभकामना आदानप्रदान तथा युवा बिशेषाङ्क कोनेप शन्देस विमोचन कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूषालले प्रमुख आतिथ्यता गर्दै  युवा बेरोजगार उत्पादन र रोजगारीमा राज्यको सहि आर्थिक नीति नभएको र दलाल पूFजीवादी अर्थ नीतिले युवा बेरोजगार बढाएको र विदेशिन बाध्य बनाएको चर्चा गर्दै  एकीकृत समाजवादी पार्टीले अब मुलुकमा समाजवादी क्रान्ति गर्ने नेपाली क्रान्तिको कार्यक्रम लाई आगामी महाधिवेशनबाट अगाडि बढाउने बताउदै शुभकामना प्रकट गर्नु  भयो।

सो अवसरमा प्रमुख  अतिथि भूसाले  लगायतका  अतिथिहरूले पेशागत महासंघ नेपालबाट प्रकाशित युवा बिशेषाङ्क कोनेप सन्देश विमोचन गर्नु भयो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरकारले युवा रोजगारीका क्षेत्रमा संचालन गरिरहेका कार्यक्रमका बारेमा चर्चा गर्नु भयो।
युवा संघ नेपालका अध्यक्ष तथा सुदुर प्रदेश सरकारका अर्थमन्त्री नरेश  शाही र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले युवाले भोगी रहेका समस्या बारेमा चर्चा गर्दै  शुभकामना मन्तब्य प्रकट गरेको उक्त कार्यक्रममा  पदम खत्रीको संयोजकत्वमा ५१ सदस्यीय पेशागत महासंघ नेपाल स्वयंसेवक समिति गठन भएको घोषणा गरिएको छ।

 कार्यक्रमको शुरुआतमा महासंघका उपाध्यक्ष तथा युवा राष्ट्रिय समितिका संयोजक शरण कुमार गुरुङले कार्यक्रम माथि प्रकाश पार्दै स्वागत मन्तब्य र महासचिव राजन रेग्मीले कार्यक्रमको संचालन गर्नु भएको थियो ।