त्रैमासिक पत्रिका  नवप्रज्ञापनको श १०० अङ्कको संयुक्त रुपमा लोकार्पण

त्रैमासिक पत्रिका  नवप्रज्ञापनको श १०० अङ्कको संयुक्त रुपमा  लोकार्पण

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २७, २०८०


काठमाडौँ । विगत३१ वर्षदेखि प्रकाशित हुँदै आएको  नवप्रज्ञापन त्रैमासिकको  शताङ्क अर्थात्  १०० अङ्कको संयुक्त  लोकार्पण भएको छ ।   

लोकार्पण प्रमुख अतिथि, प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड  सदस्य , नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व केन्द्रीय अध्यक्ष  तथा रचना द्वैमासिक पत्रिकाका प्रधान सम्पादक रोचक घिमिरेले नवप्रज्ञापन शताङ्क सम्म आइ पुग्नमा सम्पादक नवराज रिजालको अथक मेहनत रहेको बताउनु भएको थियो । सरकारले साहित्यिक पत्रकारितालाई निरन्तर  उपेक्षा गरिरहेको आरोप थियोे । 

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि , प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य ,प्रतिनिधि सभाका सांसद माननीय  रघुजी पन्तले साहित्यिक पत्रकारितामा नवप्रज्ञापन एउटा कोशेढुङ्गा साबित भएको बताउनु हुँदै साहित्यिक पत्रकारिताले झेल्नुपरेका कठिनाइ विरुद्ध एकजुट भएर सबै लाग्नुपर्नेमा जोड दिनु भएको थियोे । आफूले साहित्यिक पत्रकारितालाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर अभियान र  बहस चलाएको स्मरण गर्दै यसबारेमा  नीति निर्माण  गर्ने तहमा आफूले आवाज उठाउने बताउनुभयो .

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि ,नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष ,जनमत मासिकका प्रधान सम्पादक  मोहन दुवालले साहित्यिक पत्रकारिताको इतिहासमा नवप्रज्ञापनले नयाँपन ल्याएको  कुरा बताउनुभयो ।यसरी सय अङ्कसम्म नवप्रज्ञापन आइपुग्नु सामान्य कुरा होइन भन्नुभयो । अनेकौँ छुद्रयाइ गर्नेका बिच पनि सजग भएर  साहित्यिक पत्रकारितालाई अघि बढाएका छौँ ,विज्ञापन ,बिक्रीवितरण र उल्लेख्य पाठकको अभावमा पनि सबैको मन जित्ने गरी नवप्रज्ञापनले सय अङ्क प्रकाशन गर्नु महत्त्वपूर्ण कुरा भएको बताउनुभयो ।
      नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा शिवपुरी  त्रैमासिकमा प्रधान सम्पादक  वियोगी बुढाथोकी अतिथि रहनुभएको थियोे ।

यसै सिलसिलाका अतिथि,नेपाल साहित्यिक पत्रकार सङ्घका सदस्य तथा  नारीस्वर त्रैमासिक साहित्यिक पत्रिकाका प्रधान सम्पादक  हिरण्यकुमारी पाठकले साहित्यिक पत्रकारिता कुनै आर्थिक लाभ नभइ सेवा हो भन्नुभयो ।मेरो अनुभवमा साहित्यिक पत्रिका व्यक्तिको चाहनाले मात्रै टिकेको छ ।यसरी नवप्रज्ञापनले लामो मेहनतका साथ सय अङ्क प्रकाशन गरेकोमा खुसी प्रकट  गर्दै  शुभकामना व्यक्त गर्नु भन्नुभएको थियोे ।

नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय सदस्य तथा हिमाली सौगात  द्वैमासिकका प्रधान सम्पादक  डा.शैलेन्दु नेपालले नवप्रज्ञापन पृथक शैलीका साथ  नेपाली भाषामा प्रकाशित हुँदै  आएको  छ ।यसले छुट्टै इतिहास बनाउन सकेकोमा आभार प्रकट गर्दै स्वागत मन्तव्य राख्नुभएको थियोे ।

 यसैगरी लोकार्पण कार्यक्रमका अध्यक्ष तथा नवप्रज्ञापनका  सम्पादक र प्रकाशक  नवराज रिजालले  आफ्नो चाहना र खुसीले विगत ३१ वर्षदेखि  नवप्रज्ञापनको सम्पादन तथा  प्रकाशन गरेको हुँ ।यसमा कसैको दबाब छैन ।आफ्नै बलबुताले जे सकेँ ,त्यही ढङ्गले यस पत्रिकालाई निरन्तरता दिँदै आएको हुँ ।पत्रिका के कस्तो लाग्छ रुयसको जिम्मा विज्ञ , पाठक र शुभचिन्तकलाई पस्किएको छु ।सकेसम्म नवप्रज्ञापनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु  भन्नुभएको  थियो  ।नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय  उपमहासचिव समेत रहनुभएका  रिजालले नवप्रज्ञापनको शताङ्कसम्म आउँदा जजसले  आत्मिक सहयोग र सद्भाव पुर्‍याउँदै आउनुभएको थियोे ।उहाँहरूप्रति धन्यवाद दिँदै साहित्यिक पत्रकारिता आफ्नो ढुकढुकी भएकाले जीवनभर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे । यस कार्यक्रमको सञ्चालन साहित्यकार यशु श्रेष्ठले गर्नुभएको थियोे ।

नेपाली भाषामा मधेस प्रदेशको  बारा जिल्लाबाट प्रकाशित नवप्रज्ञापनले विभिन्न आरोह अवरोहबीच शताङ्क प्रकाशन गरिसकेको छ ।यसले बेलाबखत विभिन्न विशेषाङ्क प्रकाशन गर्दै आएको छ ।    यसैक्रममा नवप्रज्ञापनले २०८० साल, वैशाख -असार अङ्कलाई  शताङ्कको रूपमा प्रकाशित  गरेको छ ।यसमा साहित्यिक पत्रकारिता विषयक ११८वटा लेख-रचनाहरू समावेश गरिएको छ । प्रकाशन आराम्भदेखि नै नेपालका विभिन्न भाषाका रचनाहरूलाई  स्थान दिँदै आइरहेको यस पत्रिकाको यो २२ ओैँ विशेषाङ्क हो । यी विशेषाङ्कहरू साहित्यिक पत्रकारिताको लागि सन्दर्भ सामग्री बनेका छन् ।यस शताङ्कको पृष्ठ सङ्ख्या ५८० रहेको छ।