महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थामा १०देखि २० प्रतिशत सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थामा १०देखि २० प्रतिशत सेवाहरुमा विशेष छुट

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २८, २०८०

'सबल बैंक, सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।    

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले विरगंज, पर्सामा अवस्थित Mangalam Diagnostic Center को प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत, सिमरा बारामा अवस्थित Hotel Quick–20 & River Side Pvt. Ltd. का सेवाहरुमा अधिकतम १०प्रतिशत, हेटौडा मकवानपुरमा अवस्थित Regal Hetauda Resort Pvt. Ltdका सेवाहरुमा अधिकतम १५ प्रतिशत, धनगढी कैलालीमा अवस्थित Nisarg Hospital Pvt. Ltd का सेवाहरुमा अधिकतम २० प्रतिशत , हेटौडा मकवानपुरमा अवस्थित Vishuddha Momocha का सेवाहरुमा १० प्रतिशत, र भरतपुर चितवनमा अवस्थित Kabilash Resort and Funpark का सेवाहरुमा १० प्रतिशत को छुट प्राप्त गर्न सक्नेछन् । 

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।