एसियन लाइफ इन्स्योरेन्स : बीमा शुल्क वापत ६ अर्ब ८४ करोड आर्जन

एसियन लाइफ इन्स्योरेन्स : बीमा शुल्क वापत ६ अर्ब ८४ करोड आर्जन

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २९, २०८०

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनिले आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्ममा  खुद बीमा शुल्क ६ अर्ब ८४ करोड आर्जन गरेको जनाएको छ । 

कम्पनिले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.०९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमा शुल्क आर्जन ६ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा अन्य बाट हुने आय बृद्धि भएर  २ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय २ अर्ब १६ करोड रुपैयाँ रहेको थियो । यो अवधिसम्म कम्पनीले २ अर्ब ८५ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८०।७६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको कम्पनिले  जनाएको छ । 

यो अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च घटेर ६३ करोड १४ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ७४ करोड ६३ लाख रुपैयाँ थियो ।समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषको आकार १६.७९ प्रतिशतले बढेर ३६ अर्ब ९० करोड रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो

वर्ष यस्तो कोषमा ३१ अर्ब ५९ करोड रुपैयाँ थियो। अघिल्लो वर्ष १५ करोड २४ लाख रुपैयाँ रहेको महा विपत्ति जगेडाको आकार पनि बढेर १७ करोड ६४ लाख रुपैयाँको भएको छ ।

कम्पनीको रिजर्भ को आकार ५७।८३ प्रतिशतले घटेर २९ करोड १३ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म रिजर्भ मा ६९ करोड ७ लाख रुपैयाँ थियो।

चौथो त्रैमासिकमा कम्पनीले २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले २९ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको नाफामा १७।६८ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म कुल कायम रहेको बीमा लेखको संख्या ६ लाख ३० हजार ५३८ पुगेको छ। अघिल्लो वर्ष यो संख्या ४ लाख ३७ हजार ४२ रहेको थियो।