मुक्तिनाथ विकास बैंकका ग्राहकलाई रामनगर समुदायिक हस्पिटलमा २०  प्रतिशतसम्म  छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई रामनगर समुदायिक हस्पिटलमा २०  प्रतिशतसम्म  छुट

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २९, २०८०

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नवलपरासीको भुमहीमा रहेको रामनगर समुदायिक हस्पिटलले दिने विभिन्न सेवामा २०  प्रतिशतसम्म  छुट दिने सम्झौता  दिने सम्झौता भएको  बैंकले जनाएको छ । 

बैंक अनुसार मुक्तिनाथ विकास बैंक भिसा डेविट कार्ड बाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई उक्त सुविधा  दिने सहमति भएकाे हो । बैंकले डिजिटल कारोबारीलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको  छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ आदि जस्ता सेवा बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिनु भएको छ ।