हिमालयन बैंकका ग्राहकहरुलाई तायो इको रिसोर्टमा १५ प्रतिशत छुट दिने सम्झौता

हिमालयन बैंकका ग्राहकहरुलाई तायो इको रिसोर्टमा १५ प्रतिशत छुट दिने सम्झौता

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण ३०, २०८०

काठमाडौं । हिमालयन बैंक लिमिटेड र तायो इको रिर्सोट होटल प्रा. लि. बीच हिमालयन बैंकका ग्राहकहरुलाई तायो इको रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंक र तायो इको रिर्सोटबीच भएको सम्झौता अनुसार शान्तीडाँडा, नगरकोटमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा बैंकका ग्राहक वर्गहरु तथा कार्डबाहकहरुलाई १५ प्रतिशत सम्मको छुट प्रदान गर्नेछ ।

हिमालयन बैंकका कार्ड बाहक तथा ग्राहक वर्गहरुले उक्त छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्डबाट भुक्तानी गर्न सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।