शिखर इन्स्योरेन्सको खुद नाफा ४० करोड ३१ लाख

शिखर इन्स्योरेन्सको खुद नाफा ४० करोड ३१ लाख

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण ३०, २०८०

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनिले आर्थिक २०७९/८० वर्षको अन्त्यसम्म ४० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनिले जनाएको छ ।

कम्पनिले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.५६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले २७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनिले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

कम्पनीको  खुद बीमा शुल्क र खुद नाफा दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क २५ प्रतिशत बढेर १ अर्ब ५९ करोड २० लाख रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्ममा कम्पनिकाे कुल २९ हजार २३५ जनाबाट कुल २ अर्ब ७७ करोड २५ लाख रुपैयाँ बराबरको दाबी परेको छ । सो मध्य कम्पनीले हालसम्ममा १२ हजार २८ जनाको १ अर्ब ८८ करोड २६ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १५ पैसा बढेर १५ रुपैयाँ १९ पैसा पुगेको छ । सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५५.६४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ८९ पैसा रहेको छ ।

२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ५९ करोड ६९ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ र महाविपत्ती कोषमा १४ करोड ५८ लाख रुपैयाँ सञ्चित छ ।