महालक्ष्मी विकास बैंक: एल एण्ड डी एक्सिलेन्स अवार्ड-२०२३ द्वारा सम्मानित

महालक्ष्मी विकास बैंक: एल एण्ड डी एक्सिलेन्स अवार्ड-२०२३ द्वारा सम्मानित

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण ३०, २०८०

काठमाडौँ । महालक्ष्मी विकास बैंकलाई कर्मचारी लाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराए वापत बैंकिङ फाइनान्स एण्ड इन्सुरेन्स अफ नेपालद्वारा प्रदान गरिनेले  एल एण्ड डी एक्सिलेन्स अवार्ड -२०२३ (L & D Excellence Award- 2023) पुरस्कृत भएको बैंकले जनाएको छ । 

बैंकले दिएको जानकारी अनुसार महालक्ष्मी विकास बैंकले  गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो । मिति २०८० श्रावण २९ गते अलफ्ट काठमाडौं होटलमा सम्पन्न 'Leaders for the Next Generation: Expect the Unexpected' कन्फरेन्सका बिचमा बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष  सूर्य प्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख  विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गर्नु भएको हो ।

'सबल बैंक, सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको सन्दर्भमा  आम ग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता समेत बैंकले  जनाएको छ ।