नेको इन्स्योरेन्स कम्पनी: ५५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन

नेको इन्स्योरेन्स कम्पनी: ५५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण ३१, २०८०

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले  आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अन्त्यसम्ममा ५५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले  जनाएको छ ।

कम्पनीका अनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १.५३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको साेही समयमा  ५४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा खुद बिमा शुल्क आम्दानी ४।०३ प्रतिशतले घटेर १ अर्ब ६५ करोड ९७ लाख ४ हजार रुपैयाँ कायम भएको छ । यद्यपि, पुनर्बीमा कमिसन, लगानी तथा कर्जा आम्दानीलगायत सूचकमा सुधार भएपछि नाफा सामान्य बढेको हो । बीमा कोषको आकार भने २०.३४५ ले बढेर १ अर्ब ६३ करोड ३६ लाख रुपैयाँ कम्पनीले  जनाएको  छ ।