प्रेम गीत ३ र चिसो मान्छे अव डिशहोम गो एपमा निःशुल्क !

प्रेम गीत ३ र चिसो मान्छे अव डिशहोम गो एपमा निःशुल्क !

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  श्रावण ३१, २०८०

काठमाडौँ । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र 'प्रेम गीत ३' र सामाजिक कथामा आधारित चलचित्र 'चिसो मान्छे' अव डिशहोम गो एपमा उपलव्ध भएको कम्पनिले जनाएको छ ।

विभिन्न कारणवस हलसम्म गएर यी चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम गो  एपमा आफुले चाहेको समयमा निःशुल्क हेर्न सक्ने व्यवस्था मिलाएकाेकम्पनिले जनाएको हो  । 

गो एप पेल्य स्टोर वा ऐप  स्टोर वाट आफ्नो मोवाइलमा निशुल्क डाउनलोड गरेर चलाउन सकिन्छ साथै golive.dishhome.com.np मा  लगिन  गरेर  ल्यापटप तथा कम्प्यूटरमा समेत चलाउन सकिन्छ भने  Android TV को App Store मा गएर गो एप डाउनलोड गरेर टिभीमा समेत गो एप चलाउन सकिने कम्पनीले जनाएको छ  । कम्पनीका अनुसार  गो एपमा नेपाली चलचित्र, सिरियल, कोरियन सिरिज लगायत अन्य विभिन्न विशेष विषयबस्तुहरु पनि उपलव्ध रहेको छ ।