गरिमाले ल्यायो फिक्स ब्याजदर ११.९९ प्रतिशत  घर कर्जा र एसएमई आवधिक कर्जा कार्यक्रम

गरिमाले ल्यायो फिक्स ब्याजदर ११.९९ प्रतिशत  घर कर्जा र एसएमई आवधिक कर्जा कार्यक्रम

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण ३२, २०८०

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको 'आफ्नै घर–आफ्नै व्यवसाय'  को सपनालाई साकार पार्ने उद्देश्य सहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको बैंकले जनाएको छ ।

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिन भित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित (Fixed) ११.९९ प्रतिशत रहने छ । 
११.९९ प्रतिशतको निश्चित तथा आर्कषक ब्याजदरमा घर खरिद वा निर्माण गर्नको लागि गरिमा सरल घर कर्जा र व्यवसाय/उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन इच्छुक ग्राहक महानुभावहरूले आफुलाई पायक पर्ने यस विकास बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नु 
हुनेछ ।  

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२१ शाखा कार्यलय, ५० एटीएम र डिजिटल बैंकिङ्ग मार्फत ग्राहक महानुभावहरूलाई अत्याधुनिक र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।