साइतर अर्थात् गाउँ खाने कथा : 'कर्णालीका गाउँ खाने कथाहरू'  सङ्ग्रहको लोकार्पण

साइतर अर्थात् गाउँ खाने कथा : 'कर्णालीका गाउँ खाने कथाहरू'  सङ्ग्रहको लोकार्पण

लोकसंवाद संवाददाता  |  साहित्य  |  भदौ १, २०८०

काठमाडौँ । गाउँ खाने कथा अर्थात्  साइतर  'कर्णालीका गाउँ खाने कथाहरू'  सङ्ग्रहको लोकार्पण गरिएको छ । 

गाउँ खाने कथालाई कर्णालीमा साइतर भनिन्छ । कर्णालीका साइतरको खोज अनुसन्धान ,सङ्कलन र सम्पादन गरेर  स्रष्टा खडानन्द चौलागाईंले 'कर्णालीका गाउँ खाने कथाहरू'  नामक साइतर सङ्ग्रहकाे लोकार्पण  नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरीले एक समारोह बीच गर् भएको छ । 

 यस अवसरमा प्रमुख अतिथि गिरीले  खडानन्द चौलागाईंले प्रकाशित गर्नुभएको पुस्तक 'कर्णालीका गाउँ खाने कथाहरूूकर्णालीको जनजीवनमा भिजेको लोकगाथा हो ।यसले वास्तविक लोकमय साहित्यिक भाकालाई चित्रण गरेको छ ।तर, केही लेखकहरूले यथार्थलाई भाँचकुच गरेर स्वार्थ पूरा गरेका छन् ,कर्णालीको नाम भजाएर अनुचित लाभ लिएका छन् । त्यस प्रवृत्तिलाई निरुत्साहित नगर्ने हो भने कर्णालीको मौलिकता समाप्त हुने चिन्ता व्यक्त गर्नुभयो ।

 यसै सिलसिलामा  चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख राजुसिंह कठायतले जुम्ला नेपाली भाषाको माउ भाषा 'खस भाषा' को उत्पति थलो भएर पनि राज्यबाट उपेक्षित छ । पाठ्यपुस्तक वा सञ्चारमाध्यममा खासै प्राथमिकता दिएको देखिँदैन ।कर्णालीको मौलिक लोकसाहित्यलाई सबैले उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।

 यसैगरी 'कर्णालीका गाउँ खाने कथाहरू' साइतर सङ्ग्रहको समीक्षा गर्दै कृषि विज्ञ  डा.भीम केसीले कर्णालीको भाषा,लोकोक्ति,टुक्का ,उखानलगायत कैयन् सांस्कृतिक र पुरातात्त्विक वस्तुहरू विलुप्त भइसकेका छन् ।आधुनिक प्रविधिसँगै कर्णालीको  मौलिकतामा ह्रास आएको छ ।यसका साथै खसभाषा र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई आकर्षित गर्न सक्नुपर्छ भन्नुभयो ।

 यसै क्रममा  नेपाली काङ्ग्रेस जुम्लाका महाधिवेशन प्रतिनिधि दिलबहादुर महत्तले कर्णालीको लोकसाहित्य र साइतरको उत्खनन गर्नुपर्ने बताउँदै खस भाषामा कर्णालीको
माउटो' बोलको लोकगीत गाउनुभयो ।

यसैगरी पुस्तकका लेखक खडानन्द चौलागाईले कर्णालीको गाउँ खाने लोककथामा बौद्धिक ,सामाजिक र सांस्कृतिक चित्रण रहेको उल्लेख गर्नुभयो।साथै नेपाली भाषाको माउभाषा  ' खस भाषा' लाई सरकारले  सदैव  उपेक्षा गरेकाले मौलिक जीवनशैली र लोक संस्कृति सङ्कटमा पर्न थालेको देखेर आफूले 'कर्णालीका गाउँ खाने कथाहरू' लाई अन्वेषण गरी पुस्तकको रूप दिएको बताउनुभयो ।

 यसैक्रममा कार्यक्रमका उद्घोषक , कवि  ,गायक तथा पत्रकार मोतीराज बमले 'जुम्ली' शीर्षकको  रैथाने कविता र लोकगीत प्रस्तुत गर्दै कर्णालीको साहित्यिक र सांस्कृतिक क्षेत्रको विकासमा सरकारले वेवास्ता गरेको धारणा राख्नुभयो ।

यसैगरी समापनका क्रममा  सभाध्यक्ष तथाआयुषराज मल्टिमिडिया प्रालिका अध्यक्ष भरतबहादुर मल्लले कर्णाली क्षेत्रको लुकेका साइतर र ओझेल परेका भाषा र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभयो ।