नेपाल प्रज्ञा-प्रतिष्ठान :  हल सेवामा  इ-बुकिङ शुभारम्भ

नेपाल प्रज्ञा-प्रतिष्ठान :  हल सेवामा  इ-बुकिङ शुभारम्भ

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १, २०८०


काठमाडौँ।  नेपाल प्रज्ञा-प्रतिष्ठानले हल प्रयोगकर्ताका लागि  'हल इ-बुकिङ सेवा' खुल्ला गरेको प्रज्ञा-प्रतिष्ठानले जनाएको छ।      

यसको शुभारम्भ  प्रज्ञा-प्रतिष्ठानका  कुलपति भूपाल राईले एक समारोह बीच  गर्नुभएको छ । उहाँले आजको विश्वमा प्रविधिमैत्री हुनुको विकल्प छैन।  यस सेवाले हल प्रयोगकर्तालाई   छिटो , छरितो र सर्वसुलभ  सेवा प्रवाह गर्न सकिने  छ भन्नुभयो ।

 यसैक्रममा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले  'हल इ-बुकिङ सेवा' को प्रभावकारिता झन् बढ्ने छ र वेबसाइटलाई आवश्यकताअनुसार परिमार्जन गर्दै जाने बताउनुभएको छ । 

यसैगरी सिल्भरगेट सफ्टवेयर प्रा.लि.ले हल -इ-बुकिङ साइटको निर्माण गरेको हो ।यसका   प्रमुख कार्यकारी अधिकृत तथा सफ्टवेयर इन्जिनियर करुण थापाले प्रज्ञा-प्रतिष्ठानको वेबसाइट, फेसबुक पेज, इ-बुक, हल इ-बुकिङ र अनलाइन सेवाका लागि आवश्यक प्राविधिक सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

शुभारम्भ कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमल कृष्ण श्रेष्ठ ‘विमल निभा’, प्राज्ञ परिषद् सदस्यहरूमा डा. मधुसुदन गिरी,  डा. कृष्णराज अधिकारी, बाबा बस्नेत,त्रैलोक्यमान बनेपाली  'अगिव', अमर न्यौपाने, हंसावती कुर्मी, प्राज्ञ सभा सदस्य चेतनाथ धमला, प्रशासन प्रमुख सुमन अधिकारी, महाशाखा प्रमुखहरू  र प्रज्ञा प्रतिष्ठानका सम्पूर्ण  साहित्यकार, कलाकार तथा कर्मचारीहरूको उपस्थिति  रह्यो ।    यस शुभारम्भ कार्यक्रमको सञ्चालन भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख सन्ध्या पहाडीले गर्नुभयो ।