देविका तिमिल्सिना जन्मदिनको अवसरमा  कविताकृति लोकर्पित

देविका तिमिल्सिना जन्मदिनको अवसरमा  कविताकृति लोकर्पित

लोकसंवाद संवाददाता  |  साहित्य  |  भदौ ३, २०८०

काठमाडौं । कवि देविका तिमिल्सिनाको पहिलो कविता कृति ‘अन्त्य कहाँबाट सुरु हुन्छ’ लोकार्पित भएको छ ।

कवि तिमिल्सिनाको जन्मदिनको अवसर पारेर शनिबार नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नगेन्द्रराज शर्मा, प्रा.डा. गोविन्दराज भट्टराईलगायतले कृतिको  लोकार्पण गर्नु भएको हो  । 

कविता कृतिमाथि चर्चा गर्दै प्रा.डा. भट्टराईले देविकाका कविताहरूमा आफ्नो समय विरुद्ध, शासक विरुद्धको आक्रोश तीव्र देखिएको बताउनु भयो भयाे भने । उहाँका कवितामा अस्तित्ववादी चिन्तन पनि भेटिने बताउँदै डा. भट्टराईले संग्रहित कविताहरूमा रचनाकाल उल्लेख भएको भए राम्रो हुने उल्लेख गर्नु भयो  । 

भाषा आयोगका सदस्य मातृका पोखरेलले प्रगतिशील लेखन तथा कवि तिमिल्सिनासँगको संगतको चर्चा गर्नु भयो  । कार्यक्रममा नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोक, सल्लाहकार चन्द्रप्रसाद भट्टराई, हिरण्यकुमारी पाठक , चेतनाथ कणेल हरित, मधु पाठकले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो । नेपाल स्रष्टा समाजक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लोकार्पित कविता सङ्ग्रहका कवि देविका तिमिल्सिनाले आफ्नो पाँच दशकको साहित्यिक यात्राको बारेमा चर्चा गर्नु भएको थियो ।