ओखलढुङ्गा-काठमाडौँ पत्रकार समाजमा चेतनाथ धमला

ओखलढुङ्गा-काठमाडौँ पत्रकार समाजमा चेतनाथ धमला

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ४, २०८०

काठमाडौँ ।  ओखलढुङ्गा जिल्ला घर भई काठमाडौँ उपत्यकाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको  एक भेलाले  चेतनाथ धमलाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको छ 

 यस भेलाले  ओखलढुङ्गाबाट राजधानी  काठमाडौँमा आई विभिन्न  सञ्चारमाध्यममा कार्यरत पत्रकार बीच समन्वय गर्ने उद्देश्यले  धमलाक‍ो संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो  ।सो  समितिका सदस्यहरूमा मनोज भट्टराई ,जानुका बराल ,युवराज पहाडी ,जीवन शर्मा ,टीका दास श्रेष्ठ  र शिव विक 'मिलन'  रहनुभयो ।

यस भेलामा राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले ओखलढुङ्गा गौरवमय इतिहास बोकेको जिल्ला हो ।यहाँका पत्रकारले पत्रकारिता गर्दा सत्यको निकट पुग्न सक्नुपर्छ ।साथै दलीय अनुभवबाट पत्रकारिता अनुबन्धित हुनुहुँदैन ।

फेरि स्वतन्त्रता विनाको पत्रकारिता पनि  हुँदैन ।यसलाई आत्मसात् गर्दै ओखलढुङ्गा जिल्लाको पत्रकारितालाई गुणस्तरीय बनाउन जोड दिँदै सामाजिक हेतुले एक ढिक्का हुनुपर्ने बताउनुभयो ।

यस क्रममा  प्रेस काउन्सिल नेपालका पूर्व कार्यबाहक अध्यक्ष तथा वरिष्ठ पत्रकार गोपाल बुढाथोकीले आफू जन्मेको जिल्ला ओखलढुङ्गा  पत्रकारहरू बिच साक्षात्कार हुन पाउँदा सुखद अनुभूति भएको छ ।यस्तो भेटघाट र सम्पर्कलाई निरन्तरता दिन एउटा साझा मञ्च  आवश्यक रहेकाले आफूले पनि भेला संयोजनमा चासो  दिएको बताउनुभयो । 

यस भेलाको संयोजन तथा  व्यवस्थापन गर्दै  नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले ओखलढुङ्गामा घर  भई काठमाडौँका विभिन्न सञ्चारमाध्यममा क्रियाशील  पत्रकारहरूलाई समेट्दै सुख-दुःख मा सहकार्य गर्ने उद्वेश्य रहेको बताउनुभयो।

 प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष सलोजा दाहालले ओखलढुङ्गाका लेखक र पत्रकारहरू राष्ट्रियस्तरमा प्रसिद्ध छन् ।तर जिल्ला केन्द्रित भने कम छौँ ।यस आधारमा  प्रतिभा पलायन भएको जिल्ला भन्ने आरोप पनि लाग्ने गरेको छ ।यसलाई चिर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

गोरखापत्र दैनिकका  नायब कार्यकारी सम्पादक तुलसी हरि कोइरालाले यस भेलाको आयोजनाले जिल्लाको समग्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको दस्तावेजीकरण गर्न र आगामी पत्रकारिताको पनि मार्ग निर्देशित गर्नका लागि ओखलढुङ्गा पत्रकार समाज  कोशेढुङ्गा साबित  हुनसकोस् भन्नुभयो ।

यसैगरी भेला संयोजनको क्रममा  ओखलढुङ्गा -काठमाडौँ पत्रकार समाज म्यासेन्जर ग्रुपका एडमिन मनोज भट्टराईले कर्मथलो काठमाडौंँ बनाएका पत्रकारहरूसँग सहकार्य गर्दै एक  ठाउँमा उभिने वातावरण निर्माणका लागि भेटघाट कार्यक्रम राखेका हौँ भन्नुभयो ।

न्युज एजेन्सी नेपालका प्रबन्ध निर्देशक तथा समाचार संयोजक सबिन धमलाले भेलाको संयोजन ओखलढुङ्गाका पत्रकारहरूबीच सहकार्य बढाउने र  जिल्लालाई   राष्ट्रियस्तरमा  सञ्चारमाध्यमबाट चिनाउन पहल गर्ने बताउनुभयो ।
     यसैगरी तुलसी हरि कोइराला,विनोद दाहाल 'वत्स', सलोजा दाहाल ,नारायण घिमिरे, सविन धमला,युवराज पहाडी ,टिकादास श्रेष्ठ ,रामनाथ घिमिरे ,लोचन खतिवडा ,सरोज ढुङ्गेल ,नवीन धमला,सुमन निरौला ,मनोज भट्टराई ,जीवन शर्मा र गोविन्द गिरी लगायतले आआफ्नो विचार व्यक्त गर्नुभयो।यसैक्रममा मदन कोइराला ,श्याम राई ,पुण्यराज पुडासैनी, र चित्र वाग्लेको समेत  उपस्थिति रह्यो ।

नवगठित ओखलढुङ्गा (काठमाडौँ पत्रकार समाज  तदर्थ समितिका संयोजक,पत्रकार तथा कवि चेतनाथ धमलाले 'आफूलाई यस महत्त्वपूर्ण भेलाले संयोजक तोकेकामा आभार व्यक्त गर्दै धन्यवाद दिनुभयो ।उहाँले ओखलढुङ्गाले पत्रकारिता लगायतका क्षेत्रमा  ऐतिहासिक योगदान गरेको छ । त्यस गरिमालाई  उँचो राख्दै आफ्नो जिम्मेवारीलाई  निष्ठा पूर्वक पूरा गर्ने छु'  भन्नुभयो।

यसै क्रममा धमलाले संस्थाको  लोगो र विधान निर्माण गरेर छिट्टै  बृहत भेला बोलाउने जानकारी दिनुभयो ।