विद्युत नियमन आयोगद्वारा ग्रिड कोड २०८० जारी (पूर्णपाठ सहित)

विद्युत नियमन आयोगद्वारा  ग्रिड कोड २०८० जारी (पूर्णपाठ सहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ८, २०८०

काठमाडौँ । विद्युत नियमन आयोगले ग्रिड कोड २०८० जारी गरि कार्यन्वयनमा ल्याएको आयोगले जनाएको छ । 

आयोगले दिएको जानकारी अनुसार सरोकारवालासँग पटकपटक छलफल पश्चात ग्रिड संहिता २०८० जारी गरी कार्यन्वयनमा ल्याएको हो । 

अध्यक्ष दिल्ली बहादुर सिंहले ग्रिड कोड २०८० जारी गरे पछि विद्युत नियमन आयोगले कोसे ढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नु भएको छ ।  

सिंहका अनुसार  अन्तरदेशीय वितरण प्रणाली आवद्ध ग्रिड र  ग्रिड कोड २०८० लाई कार्यन्वयनमा ल्याउन आयोगका सदस्य गौतम ड‌ंगोलको अध्यक्षतामा एक कमिटी समेत गठन गरेको छ ।  विद्युत ग्रिड संहिता २०८० को दफा, २.२त्र अनुसार ग्रिड कोड म्यानेजमेन्ट कमिटी गठ गरि अध्यक्ष, सदस्य सचिव र सदस्यहरु तोक्नका लागि  उक्त कमिटीलाई पूर्णता दिने कार्यभार तोकिएको छ । 

आयोगले विभिन्न सरोकारवाला, विषय विज्ञ र सेवा प्रदायक संस्थाहरुसँग पटकपटक प्रत्यक्ष छलफल गरी तयार पारिएको ग्रिड कोड २०८० जारी गरेपछि विद्युतिय शक्ति प्रशारणमा  विद्युतीय ग्रिड संहिताको उचित व्यवस्थापनबाट नै उत्पादित विद्युत शक्ति उपभोक्ता समक्ष सुरक्षित र भरपर्दो तरिकाबाट पुर्‍याउन सकिने र विद्युतिय शक्तिको उतार चढावबाट हुने दुर्घटनाहरूको व्यावस्थापन ग्रिड संहिताको  व्यवस्थापनबाट नै गर्न सकिने आयोगले विश्वास व्यक्त गरेको छ ।

हालै लागु भएकाे विद्युत ग्रिड संहिता २०८० ले विद्युतीय प्रवाह प्रवाह सम्बन्धी न्यूनतम आवश्यक मापदण्ड परिपूर्ति गर्ने,विद्युतीय ग्रिडको सन्तुलन राख्न सीमा  भित्र र सिमा बाहिर विद्युतीय प्रवाह व्यावस्थापन गर्न आवश्यक दिशा निर्देश गर्ने समेत आयोगले विश्वास गरेको छ । 

ग्रिड कोड २०८० को पूर्णपाठ