काठमाडौँ युथ कनक्लेभ २०८०: डिआरएस गेमिङलाई एक लाखको ‘युथ आइकन नेपाल’ पुरस्कार प्रदान

काठमाडौँ युथ कनक्लेभ २०८०: डिआरएस गेमिङलाई एक लाखको ‘युथ आइकन नेपाल’ पुरस्कार प्रदान

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १०, २०८०

काठमाडौँ। युनिभर्सल कलेज र फिनिक्स कलेजको आयोजनामा काठमाडौँ युथ कनक्लेभ (केवाइसी) २०८० सम्पन्न गरिएको छ । 

कार्यक्रममा गीत, संगीत, हास्यब्यङ्ग्यसहित देशका ख्यातिप्राप्त व्यक्तित्वहरुले आफ्ना सफलताका कथा, उर्जा र उत्प्रेरणाका विचारहरु प्रस्तुत गरेका थिए । 

कार्यक्रममा नेपालकै चर्चित आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत, मास्टरसेफ सन्तोष साह, डिआरएस गेमिङ, क्रिकेटर पारस खड्का, इसेवाका सिइओ जगदिश खड्का लगायतले आ–आफ्ना प्रस्तुति दिएका थिए । 

मोबाइल इगेमिङको माध्यमबाट नेपाललाई विश्वमा चिनाएको भन्दै डिआरएस गेमिङलाई  एक लाखको ‘युथ आइकन नेपाल’ पुरस्कार पनि प्रदान गरिएको थियो ।

साँझ ६ बजेसम्म चलेको कार्यक्रममा गायकहरु नितेशजंग कुँवर, समृद्धि राई, कमेडियन सजन श्रेष्ठ लगायतको प्रस्तुती रहेको कार्यक्रम संयोजक राजु टण्डनले जानकारी दिए । करिब ५ हजार विद्यार्थी तथा युवाहरुको कार्यक्रममा सहभागिता रहेको उनको भनाई छ ।

केवाइसी युवा विद्यार्थीहरुलाई मोटिभेट र इन्स्पायर गर्ने कार्यक्रम हो । नेपालमै रहेर उल्लेख्य प्रगति गरेका ख्यातिप्राप्त व्यक्तिहरुको सफलताका कथा युवामा वितरण गर्नु, नेपाली उत्पादनको प्रवद्र्धन गर्नु, नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिनु र केही हदसम्म भए पनि युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नु यो कार्यक्रमको उद्देश्य हो । हरेक वर्ष आयोजना हुँदै आएको यो केवाइसीको चौथो श्रृङ्खला हो ।