शिवम् सिमेन्ट: अर्गनाइजेशन सेल्स उत्कृष्टता पुरस्कार-२०२३' बाट सम्मानित

शिवम् सिमेन्ट: अर्गनाइजेशन सेल्स उत्कृष्टता पुरस्कार-२०२३' बाट सम्मानित

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ११, २०८०

शिवम् सिमेन्ट लिमिटेड 'अर्गनाइजेशन सेल्स उत्कृष्टता पुरस्कार-२०२३' बाट सम्मानित शिवम् सिमेन्टले जनाएको छ ।

काठमाडौंमा sf7df8f}+df Growth Sellers  (ग्रोथ सेलर) द्वारा आयोजना गरेको SALES SUMMIT-2023 (सेल्स समिट) कार्यक्रममा शिवम् सिमेन्टले ु'अर्गनाइजेशन सेल्स उत्कृष्टता पुरस्कार-२०२३' र शिवम सिमेन्ट्स लिमिटेडका भाईस प्रोशिडेन्ट (VP) निखिल अग्रवाल  Individual Sales Excellence Award-2023    बाट सम्मानित हुनु भएको समते शिवम् सिमेन्टले जनाएको   हो ।

यस भन्दा पहिला पनि शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक एन.एस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भईसकेको छ भने त्यस्तैेद्दण्द्दद्दु  (बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२ अवार्ड प्राप्त गरि सकेको छ । ५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुमा  साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ । 

कम्पनीको एक सवल पक्ष यहाँको जनशक्ति, आन्तरिक व्यवस्थापन, पारदर्शिता, ६० हजार भन्दा बढी शेयर होल्डर एवंम कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण पटक पटक विभिन्न तवरबाट सम्मानित हुदै आईरहेको छ ।

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरूद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा BIS (ISI), URS प्रमाणित ISO Certificates प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदै आएको समेत  शिवम् सिमेन्टले जनाएको  छ ।