वरिष्ठ संस्कृति विद् प्रा.डा. जगमान गुरुङलाई 'नेपाल ऋषि' को उपाधि

वरिष्ठ संस्कृति विद् प्रा.डा. जगमान गुरुङलाई 'नेपाल ऋषि' को उपाधि

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १३, २०८०

 विश्व हिन्दु महासंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ संस्कृति विद् प्रा.डा. जगमान गुरुङलाई  विश्व हिन्दु महासंघले 'नेपाल ऋषि' को उपाधिले सम्मानित गर्‍यो । 

विश्व हिन्दु महासंघकी कार्यवाहक अध्यक्ष कवि अस्मिता भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको पूर्व मन्त्री पशुपति शमशेर राणा प्रमुख अतिथि रहनु भएको थियो । 

कार्यक्रमका प्रमुख वक्ता प्रा।डा। जगमान गुरुङले 'सामाजिक सदभाव र धार्मिक सहिष्णुता' को विषयमा धार्मिक, संस्कृति र जातजातिको समन्वयात्मक एकताको भावनाको विकास गरी नेपाल राष्ट्रको समुन्नति कसरी गर्ने भन्ने समन्वयात्मक प्रवचन दिनु भएको थियो । 

प्रा.डा.गुरुङले -'हजारौ वर्ष पहिलेदेखि नेपाल र नेपाली बहुभाषिक, बहुजातीय बहुधार्मिक बहुसांस्कृतिक बीच आपसी समन्वयात्मक सम्बन्धमा रहँदै आएको र ऋषि महर्षिहरूको तपो भूमि गायत्री मन्त्रका प्रणेता कौशिक मुनिले गायत्री रचना गरेको  महान तपोभूमि कहिल्यै कुनै जातजाति धर्म संस्कृतिका बीच मतभिन्नाता भएको पाइँदैन । सीता र बुद्धको जन्मभूमिमा हाम्रो हरेक चाडपर्वमा सहिष्णुता कामय रहि विकास भइ आएको छ'  भन्नु भयो । 

यस अवसरमा सामाजिक अभियन्ता सुतार कार्की सेवा समितिका केन्द्रीय अध्यक्ष दिव्यध्वज कार्कीले  प्रा.डा.  गुरुङको विषयमा प्रकाश पार्नु भएको थियो । 

प्रा.डा. जगमान गुरुङलाई सर्वप्रथम पुराणस्थल दोलखामा 'नेपाल ऋषि' को  उपाधिले सम्मानित गरिएको थियो । यसपछि साहित्यिक पत्रकार संघले आफ्नो स्वर्ण महोत्सवको अवसरमा गत २०८० भदौ १३ गते सो उपाधिलाई अनुमोदन गरेको थियो । 

विभिन्न संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा विश्व हिन्दु महासंघकी कार्यवाहक अध्यक्ष कवि अस्मिता भण्डारीले आगामी दिनमा सबै संस्थाहरुलाई समेटेर लाने बताउनु भएको थियो ।