त्रिपन्नौं संस्कृत दिवस दिवसको आयोजना

त्रिपन्नौं संस्कृत दिवस दिवसको आयोजना

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १३, २०८०

काठमाडौँ ।  संस्कृत-भाषाको संरक्षण, सम्वर्द्धन गर्दै वक्ता र प्रयोक्ताको ध्यानाकर्षण गर्ने उद्देश्यले नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ अनुसन्धान व्यवस्थापन केन्द्र र भारतीय राजदूतावास स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको सहकार्यमा त्रिपन्नौं संस्कृत दिवसको आयोजना भयो ।यसका  प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले  उद्घाटन  गर्नुभएको छ  । 

 यस अवसरमा प्रमुख अतिथि  राईले  संस्कृत भाषा पूर्वीय वाङ्मयको अथाह स्रोत र विभिन्न मातृभाषाको जननी हो । यसको पुष्टि समारोहमा प्रस्तुत गरिएका कार्यपत्रले गरेको  छ। 'सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा-प्रतिष्ठानुभन्ने  नारासहित १३० भन्दा बढी मातृभाषा र साहित्यमा नेपाल प्रज्ञा-प्रतिष्ठानले काम गर्न थालिसकेको छ ।यसलाई आत्मसात् गर्न नसक्नेहरूले नेपाली भाषाप्रति पूर्वाग्रह राखेको आरोप लगाउनु पूर्वाग्रहबाहेक केही होइन । मैले संस्कृतलगायत प्रत्येक मातृभाषालाई उच्च सम्मानका साथ हेरेको छु  भन्नुभयो । 

 यसै सन्दर्भका तीनवटा कार्यपत्रमा प्रा.डा.जीवन अधिकारीले  'आदर्शप्रयोगस्य दृष्टान्तो महाकविः कालिदासः  डा.प्रियंवदाम्बा  काफ्लेले  'संस्कृत साहित्ये महिलानां वैदुष्यप्रतिपादनम्'  र  डा.प्रमोदवर्धनस्कौण्डिन्न्यायनःले  'नैपालकसंस्कृतविदुषां विगतपञ्चाशद्वर्षेषु प्रकाशितानां ग्रन्थानां संक्षिप्तं पर्यालोचनम्' 
 प्रस्तुत गर्नुभयो ।
      यस समारोहका विशिष्ट अतिथि चिन्मय  विश्वविद्यालयका पूर्व कुलपति तथा चिन्मय इन्टर्नेसनल संस्थाकी निर्देशक प्राध्यापक माहुलीकरले संस्कृत भाषाका महाकवि कालिदासले नेपालको गौरवमय हिमाली सभ्यता र दर्शनमाथि प्रकाश पार्दै संस्कृत दिवसको महत्वबारे जोड दिनुभयो । विशिष्ट अतिथि वाल्मीकि विद्यापीठका पूर्व प्राचार्य डा. गणेशप्रसाद घिमिरे,वाल्मीकि विद्यापीठका प्राचार्य डा। भागवत ढकाल, नेसंवि अनुसन्धान केन्द्रका पूर्वनिर्देशक प्रा।डा।काशीनाथ न्यौपाने र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रकी निर्देशक आशावरी वापटले मनतव्य व्यक्त गर्नुभयो ।

यस समारोहका विशेष अतिथि  वाल्मीकि विद्यापीठकी सहायक प्राचार्य डा. रमा भट्टराई, प्रा.डा.देवमणि भट्टराई,  प्रा. डा. माधवप्रसाद पाण्डेय, डा. माधव लामिछाने, 
डा. रामप्रसाद पौडेल र उपप्राध्यापक हिमालय भट्टराई लगायतले कार्यपत्रमाथि टिप्पणीसहित सुझाव दिनुभयो ।

यसै समारोहमा भारतबाट नेपाल आउनु भएकी विशिष्ट विदुषी गौरी माहुलीकर विशेष उपहारद्वारा सम्मानित हुनुभयो।साथै  प्रा.डा.जीवन अधिकारी र  डा.प्रियंवदाम्बा काफ्ले र डा.प्रमोदवर्धनस्कौण्डिन्न्यायनःले  प्रमाणपत्र प्राप्त गर्नुभयो ।

 यस समारोहमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावासका निर्देशक बापटले स्वागत तथा धन्यवाद मन्तव्य राख्नु भयो ।
 

 यसैगरी तीन सत्रमा सम्पन्न भएको संस्कृत दिवस समारोहको पहिलो सत्रको अध्यक्षता वाल्मीकि विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइका  संयोजक शान्ति कृष्ण अधिकारी ,दोस्रो सत्रको अध्यक्षता  वाल्मीकि विद्यापीठका प्राचार्य डा।भागवत ढकाल र तेस्रो अर्थात् समापन सत्रको अध्यक्षता प्रा ।डा। काशीनाथ न्यौपानेले गर्नुभयो ।कार्यक्रमको सञ्चालन नेपाल वाल्मीकि विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइका सदस्य सचिव डा। प्रेमराज न्यौपानेले गर्नुभयो ।